१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

सखुवानन्कारकट्टी ले थाले राहत बितरण, प्रतिपक्षको असन्तुष्टि कायमै

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

 

मनोज बनैता, सिरहा, १० बैशाख । सकुवानन्कारकट्टी गा. पा. ले हिजो मंगलवार देखि राहत बितरण प्रक्रिया शुरु गरेको छ । सोमबार रातिदेखि नै शुरुभएको वर्षा ले प्रभावित बनेको बितरण कार्य वर्षा रोकेपछि संचालनमा आएको हो ।

स्रोतअनुसार वडा नम्बर १ मौवाहीबाट राहत वितरण सुरु गरिएको हो | राहत प्याकेजमा चामल १५ किलो, दाल २ किलो, नुन १ किलो, चिनी २ किलो, तेल १ लिटर, २५० ग्राम मिक्स मसाला, १ हयान्डवास, नुहाउने र लुगाधुने साबुन १/१ थान रहेको बताईएको छ ।

केही प्राविधिक त्रुटि र समयमा नामावली संकलन नभएको हुँदा राहत वितरण कार्यमा ढिलाइ भएको सखुवानन्कारकट्टी गा. पा. अध्यक्ष केदारनाथ यादवले जानकारी गराएका छन । गरिब बिपन्न परिवारको डाटा संकलन गरि राहतको लागि जम्मा रकम ७५ लाख विनियोजन गरिएको हो ।

यता प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राजपालगायत का नेता एवं कार्यकर्ताको असन्तुष्टि कायमै रहेको छ । राजपाका युवा नेता मनोज यादव (मन्जे) ले न्युज मधेश संग कुरा गर्दै भने ‘राहत बितरणका  लागि हामीलाई एक पटक पनि सोधिएको छैन । सर्वदलिय समितिमा पनि आफू नजिक हुनेहरुलाई राखिएको छ । ‘ अध्यक्षले हरेक कार्यमा आफुहरुलाई नसमेटी काखापाखा गरेको आरोप मन्जेको छ । उनको अनुसार झण्डा महोत्सव देखिनै अध्यक्ष मनमौजी ढंगले कामगर्ने गरेको छ ।

उता, अध्यक्ष केदार यादवले आफू माथी लगाईएका आरोपहरु निराधार रहेका दावी गरे । उनले प्रतिपक्षीलाई समेटिएको जानकारी गराउदै कोभिड -१९ जस्तो महामारीको बेला राजनीति गर्नु भन्दा सबै दलका नेता एवं कार्यकर्तालाई राहत बितरण जस्तो शुभ कार्यमा सबैलाई सहयोग गर्न अपिल गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]