१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

मेरो नाम जोडेर भ्रमका खेतीगर्नेहरु सावधान, म आफ्नो पार्टीको वफादार कार्यकर्ता हुँ : मृगेन्द्रसिंह यादव

Logo
प्रकाशित शुक्रबार, बैशाख १२, २०७७

 

मनोज बनैता, सिरहा,१२ बैशाख । जनता समाजवादी पार्टीका नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले आफुमाथी षड्यन्त्र गरि गलत हल्ला फैलाएको प्रती असन्तुष्टि जाहेर गरेका छन ।

उनले भने कि ‘हिजो मेरो नाम जोडेर विभिन्न संचार माध्यममा आएको भ्रमपुर्ण  समाचार प्रतिगम्भीर ध्यानाकर्षण भएको छ।अहिले हाम्रो राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बिच भएको एकताले म लगायत पार्टीका सबै नेता कार्यकर्ता अति नै हर्षित भएका छौं ।यो एकताको कुनै विकल्प छैन।यस्ले सम्पुर्ण उत्पीडित जातजाति र समुदायको विद्यमान सवैखाले समस्याको समाधान गर्न सक्ने मैले विश्वास गरेको छु।’

यादवले थप्दै भने कि  ‘ म यश पार्टीको एउटा अनुशासित र वफादार कार्यकर्ता भएको नाताले पार्टीले गरेको निर्णय प्रती मेरो पुर्ण समर्थन छ।मैले एकताको अन्य काम काजहहरु अहिले बाँकी छ मात्र भनेको हुँ।त्यसर्थ  त्यस प्रकारको भ्रमपुर्ण समाचारको खन्डन गर्न आग्रह गर्दछु ।’

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]