मनोज बनैता, सिरहा, १५ बैशाख । राहत वितरणको विषयलाई लिएर आक्रोशित सुखिपुरका स्थानीयले मेयर रामाऔतार यादवलाई भाषण भन्दा पनि अहिले रासन को आवश्यकता रहेकोले रासन बाँडन आग्रह गरेका छन । जिल्लाका अधिकान्स स्थानीय तहले पहिलो चरणको बाँडिसक्दा पनि सुखिपुर नगरपालिका भने हाल सम्म केहि नगरेको गुनासो छ ।
लकडाउनको महिना दिन वितिसक्दा सम्म पनि राहत नदिएपछि मेयरलाई आफ्नो कर्तव्यबोध गराउने उदेश्यले उल्टै राहत दिने अभियान चलेको थियो । सो अभियान सुखिपुरका स्थानीय युवाद्वारा चलाईएको थियो । मेयर साबलाई पदिय जिम्मेवारी र नैतिक दवाव सिर्जनाको उद्देश्यले सो अभियान चलाएको एक स्थानीय युवा नितेश यादव बताउँछन् । उनको अनुसार चामल, दाल, बिस्कुट, चाउचाउलगायतका राहत सामग्री आईतवार सुखिपुरका मेयर राम अवतार यादवलाई बुझाएका थिए ।
दवाव सृजनाकै क्रममा मेयर लगायतका जनप्रतिनिधि ले राहत बितरणका समिति बनाएको तर त्यसमा पनि आफ्नै आसेपासेलाई समावेश गरेको उनको आरोप छ ।
सुखीपुर नगर सुधार समितिका अध्यक्ष बिपी भुवन यादवको अनुसार मेयरको तानाशाही प्रवृती र मनमौजी कार्यशैली हेरेर नै यो अभियान चलाएको स्पष्ट पारे । उनले अगाडि थपे ‘मेयरले अहिले आफुलाई चोख्याउन भाषण दिनु भन्दा पनि राहत बितरण मा ध्यान दिनु अहिलेको आवस्यकता हो’
उता मेयरले आफू संबेदनसिल रहेको दावी गर्दै भनेका छन कि यो केहि ब्यक्तिको षड्यन्त्र हो उसलाई बदनाम गर्ने । उनले भने कि नामावली समयमा तयार नहुदा राहत प्रक्रियामा ढिलाइ भएको हो ।