१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

राहत नपुगेपछि गर्भवती र सुत्केरी पीडित बन्दै…!

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१५ बैशाख । स्थानीय सरकारले लक डाउनका समयमा छाँक टार्न मुश्किल भइरहेका व्यक्तिलाई रासन मात्र बितरण गरिरहँदा गर्भवती, सुत्केरी तथा नवजात शिशुलाई समस्या भइरहेको छ । राहत स्वरुप रासन समेत नपुगेका ठाउँका गर्भवती र सुत्केरी पीडित बन्दै गएका छन् ।

खासगरी दलित, विपन्न र गरीब बस्तीमा लकडाउनअघि र लकडाउनकाबीच शिशु जन्माइएका सुत्केरीलाई भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । राहत बाँडिएका ठाएँमा दाल, चामल पकाएर खाने गरिएपनि राहत नपुगेका ठाउँमा उनीहरुले त्यो पनि खान पाइरहेका छैनन् ।

धनुषाको कमला नगरपालिका वडा नम्बर ५ भलुवाहामा झण्डै आधा दर्जन सुत्केरी छन् । दैनिक मजदूरी गरेर छाँक टार्दै आएका यहाँका मुसहर समुदायका साथै सुत्केरी महिला पनि भोकभोकै दिन काट्न बाध्य छन् ।

लकडाउनकाबीच सुत्केरी भएकामध्ये हुने खानेको घरमा जन्मिएको बच्चा र सुत्केरी आमाले उचित स्याहारका साथै पोषिलो खानेकुरा खाइरहेपनि गरीब, विपन्न सुत्केरीको बेहाल छ ।

छाँक टार्न भन्दै प्रदेश सरकार र स्थानीय तह मिलेर दाल, चामल, तेल, नून, आलु बितरण गर्न शुरु गरेको छ । जुन, अहिले पनि धेरै गरीब, विपन्नमा पुग्न सकेको छैन् । तर के दाल भात खाएर मात्रै प्रसुति, नवजात शिशु, गर्भवती स्वस्थ्य रहन सक्ला त ? यो प्रश्नको उत्तर खोज्नुपर्ने अवस्था आएको छ ।

सुत्केरी भएको समयमा पोषिक तत्व नपाइए शिशुलाई बाँच्ने आधार कम रहनेछ । बाँचिहालेमा पनि कुपोषित हुने अवस्था भयावह हुने भएपनि यसतर्फ कुनै तहको सरकारले ध्यान दिएको छैन् ।

यता १५ दिनअघि प्रादेशिक अस्पताल जनकपुरधाममा सुत्केरी भएर घर फर्केकी धनुषाकै शहीद नगरपालिका-८, बिसरभोराकी जीवछीदेवी दासले पोषणयुक्त खानेकुरा पाएकी छैनन् । उनकी सासू आशादेवीले यताउता दालचामल मागेर सुत्केरी बुहारीलाई बचाइरहेको बताइन् । बिसनभोरामा पनि कुनै राहत टोली पुगेको छैन ।

प्रदेश २ कर्णालीपछिको सबैभन्दा बढी कुपोषित भएको क्षेत्र हो । प्रदेश सरकारकै तथ्यांकलाई मान्ने हो प्रदेशमा १५ देखि ४९ वर्ष उमेर समुहका ५८ प्रतिशत महिलामा रक्तअल्पता, ३८ प्रतिशतमा पुडकोपन र १४ दशमलव ४५ प्रतिशत उमेर अनुसार उचाई कम भएका बालबालिका छनन् भने उमेर अनुसार तौल कम भएका बालबालिका ३६ दशमलव ८ प्रतिशत छन् ।

लकडाउनको समयमा विपन्नको घरमा जन्मिएका शिशुको उचित स्याहार र सुत्केरी तथा गर्भवती एवं ५ बर्षसम्मका बच्चालाई पोषणयुक्त खानेकुरा उपलब्ध नगराइए कुपोषणको अवस्था बढ्दै जानेमा सरोकारबालाले चिन्ता व्यक्त गरेका छन् ।

यसो त नेपाल सरकार, गृह मन्त्रालयको नेतृत्वमा रहेको विभिन्न क्षेत्रका क्लस्टरमध्ये पोषण क्लस्टर पनि बनाइएको छ । तर यो क्लसटरलाई अहिले सम्म सक्रिय पारिएको छैन् ।

प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे वस्तीमा सुत्केरी भएकातर्फ आफूहरुको ध्यान जान नसकेको बताए । उनले भने, “हामी पहिलो चरणमा कोरोनाबिरुद्व नै लड्ने प्रयासमा छौं ।”

उनले क्वारेन्टाइनमा भएका सुत्केरी, अस्पतालमा आउने सुत्केरीप्रति ध्यान दिइएपनि वस्तीसम्म ध्यान दिन नसकिएको बताए ।

कोरोना विश्वव्यापी महामारीको कारणले नेपालमा एक महिना देखिको लकडाउनले श्रमिक, अति विपन्न, दलित र खाधान्न अभावमा रहेका परिवारलाई भोकमरीको अवस्था झेल्नुपरेको बताउँदै जनस्वास्थ्य विज्ञ राजकुमार महतो भोकमरीमा रहेका परिवारका गर्भवती, सुत्केरी महिला, बच्चालाई दुध खुवाउने आमा, र ५ वर्ष मुनिका बालबालिका कुपोषणको उच्च जोखिममा रहेको बताउँछन् ।

सामान्य अवस्थामै प्रदेशमा कुपोषणको बिकराल स्थिति रहेको बताउँदै अहिलेको लकडाउन र यसले जन्माएको खाधान्न अभाव, भोकमरीले कुपोषण महामारीको जोखिम अति नै बढाएको उनको धारणा छ । नेपाल सरकारले ढिला नगरी आकस्मिक अवस्थामा कार्य गर्ने पोषण क्लस्टरलाई सक्रिय गराई पोषणको कार्य अगाडी बढाउनुपर्नेमा जोड् दिन्छन् उनी ।

हाल बितरण भइरहेको खाधान्न राहत प्याकेजमा गर्भवती महिला, सुत्केरी महिला, दुध खुवाउने आमा, ५ वर्ष मुनिका बालबालिका तथा वृद्धहरुको लागि विषेश तथा थप खाद्य सामाग्री समावेश गर्न उनले सुझाव दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]