०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

भट्टराईसहितका नेताहरूविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गर्न अस्वीकार गरेपछी..!

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डु,१५ बैशाख । सत्तारुढ नेकपाका विद्यार्थी संगठनका नेताहरुद्वारा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका केही नेताहरुविरूद्ध साइबर अपराध मुद्दा दर्ता गर्न खोजेकोमा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

अनेरास्ववियूका संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेल, किरण पौडेललगायतको टोलीले साइबर अपराध मुद्दा दर्ता गर्न खाेजेकाे हाे।

विद्यार्थी टाेली पूर्वप्रधामन्त्री तथा डा.भट्टराई, पूर्वमन्त्री हिसिला यमी र उनकै पार्टीका विश्वदीप पाण्डे र आङकाजी शेर्पाविरुद्ध साइबर अपराधको उजुरी गर्न सोमबार काठमाडौ प्रहरी परिसर टेकू पुगेका थिए।

तर प्रहरीले यो गालि बेइज्जतिको विषय भएको हुँदा तपाईंहरु अदालत जानुस् भनेर फर्काइएको छ। आइतबार भट्टराई, उनकै पार्टीका उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुले पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमैं उजुरी दिन पुगेका थिए।

प्रहरीले उनीहरुको उजुरी नलिई फर्काएको थियो। सांसद अपहरण आरोप र त्यसबिरुद्ध प्रहरीले उजुरी नलिएपछि सत्तारुढ नेकपा र नवगठित जनता समाजवादी पार्टीका नेताहरुबीच आपसमा आरोप प्रत्यारोप भइरहेका बेला पूर्वप्रधानमन्त्री भटराई सहितका नेताविरुद्ध साइबर अपराधको उजुरी दिने प्रयास गरिएको हो।

नवगठित जनता समाजवादी पार्टीका नेता भट्टराईले सामाजिक सञ्जालमा आपत्तिजनक कुराहरु लेखेको भन्दै उनी विरुद्ध अनेरास्ववियूका नेताहरुले उजुरी दिन खोजेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]