०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

हाथ मुख जोडन समस्या रहेका विपन्न घरपरिवारलाई राहत

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

रंजित चौरसिया

वीरगंज ,१५ बैशाख।पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा लकडाउन प्रभावित अतिविपन्न परिवारको लागि राहत वितरण गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ९ को बर्डेवा, तेलिया र एकटांगाका १८१ जना अतिविपन्न परिवारलाई राहत वितरण गरिएको वडा समितिका वडा अध्यक्ष रामनारायण प्रसाद गौरोले बताए ।

वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा सरकारको निति निर्देशनको पालना गर्दै तीनवटै गाउँका अतिविपन्न परिवारको पहिचान गरी राहत उपलब्ध गराईएको उनले बताए ।

प्रत्येक परिवारलाई २० किलो चामल, २ किलो मसुर दाल, २ किलो नुन, खाने तेल १ किलो, नुहाने र लुगाधुने साविन ४ पिस राहत स्वरुप उपलब्ध गराईएको हो ।

वडामा कुल जनसंख्या ३ हजारको हराहरीमा छन, जसमध्ये सर्वपक्षिय समितिले नै १८१ जना अतिविपन्न परिवारलाई छनौट गरेको थिए वडा अध्यक्ष गौरोले भने, त्यसकै आधारमा नगरपालिकाले उपलब्ध गराएको राहत सोमबार ईलाका प्रहरी कार्यालय एकटांगाको सहयोगमा व्यवस्थित र लकडाउनको नियमको पालना गर्दै वितरण गरेका छन् ।

राहत वितरणमा छुटेकालाई आफनो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्न तयार छु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]