१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

छाँक टार्न धौधौ परेको महिलालाई समाजिक अभियन्ता मण्डलको राहत सहयोग

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

मनोज बनैता
सिरहा, १७ बैशाख । महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट बच्नको लागि सरकारले लगाएको लकडाउनका कारण धनुषाकी एक महिला भिख मागेर छोराछोरी पालिरहेकी खबर पाएलगतै सामाजिक अभियन्ता सरोज कुमार मण्डलले राहत लिएर  उनको घर पुगेका छन ।

धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने बर्ष ५५ की कुमारी देवी साह लकडाउनका कारण काम नपाएर छाक टार्न समस्या भएपछी सामाजिक अभियन्ता मण्डलले १ सय किलो चामल, ५ किलो दाल , २५ किलो आलु , ३ लिटर खाने तेल , २ किलो प्याज ,५ पैकेट नुन ,६ -६ पिस साबुन ,१ किलो खुर्सानी, १ किलो बेसारको धुलो, १ किलो धनीयाको धुलो लगाइतका खाने सामग्रीहरु दिएको छ ।

सामाजिक अभियन्ता मण्डलले भने ‘अहिले विश्व कोरोनाको त्रासमा रहेको अवस्था जनाप्रतिनिहरु राहतको नाउमा राजनैतिक रोटी सेक्ने काम गरिरहेका छन ।

भोटरहरुलाई राहत दिई वास्तविक पीडितलाई बेवास्ता गर्नुले यिनीहरूको नैतिकता र मानवता माथि ठूलो प्रश्न चिन्ह खडा गरेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]