०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

प्रधानमन्त्री र सभामुखबीच बर्खे अधिवेशनका सम्बन्धमा छलफल

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डू ,१७ बैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिनुभएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उहाँले सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी कायम हुने गरी तयार गर्न लागिएको सिट व्यवस्थापन अवलोकन गरी जानकारी लिनुभएको हो ।

प्रधानमन्त्रीसँग अवलोकनमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फे हुनुहुन्थ्यो । यसैबीच, प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच आगामी सङ्घीय संसद्को बर्खे अधिवेशन आह्वानसँग केन्द्रित रहेर छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएका छलफलमा उहाँहरुबीच आगामी अधिवेशन आह्वानलगायत विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

नेपालको संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार प्रदान गरेको छ । राष्ट्रपतिबाट यस अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ ।

नेपाल सरकारका अर्थमन्त्रीले हरेक आवका लागि राजश्व र व्ययको अनुमान (बजेट) प्रत्येक वर्ष जेठको १५ गते सङ्घीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

बजेट प्रस्तुत गर्नु १५ दिनअघि प्रि–बजेट छलफलका लागि संसद्को बैठक बस्नुपर्ने कानूनी व्यवस्था छ । बजेटअघि नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ । बर्खे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]