०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

विपन्न र असहायलाई निःशुल्क खाना खुवाउँदै

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

न्यूजमधेश सम्बादाता
सिरहा ,१७ बैशाख। कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ ।

विगत एक महिनाभन्दा बढी समयदेखिको लकडाउनका कारण दैनिक ज्याला–मजदूरी गरेर बिहान–बेलुकाको छाक टार्न समस्या पर्दै आएका विपन्न, मजदूर र असहाय परिवारका व्यक्तिलाई समितिले आफ्नै भवनमा निःशुल्क खाना खुवाउन शुरु गरेको हो ।

लकडाउन अवधिभर प्रत्येक दिन बिहान ११ देखि २ बजेसम्म निःशुल्क खाना खुवाइने समितिका अध्यक्ष शत्रुधन चौधरीले बताउनुभयो ।

यसैबीच सुखीपुर नगरपालिका–१ का मिथुन यादवले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ६० थान सुरक्षा सामग्री पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) उपलब्ध गराउनुभएको छ । पिपिइ अभावमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गर्न समस्या भइरहेकाले व्यक्तिगत आर्थिक सहयोगमा ६० थान पिपिइ उपलब्ध गराएको नेपाली काँग्रेसका नेतासमेत रहनुभएका यादवले बताउनुभयो ।

सुखीपुर नगरपालिका–८ स्थित स्वास्थ्यचौकी सुखीपुरलाई पिपिइ १० थान, वडा नं १ स्थित स्वास्थ्यचौकी मोहनपुर कमलपुरलाई पिपिइ १०, मास्क आठ र क्याप आठ थान, इलाका प्रहरी कार्यालय सुखीपुरलाई पिपिइ दुई र मास्क पाँच, सशस्त्र बेसक्याम्प सुखीपुरलाई पिपिइ दुई, मास्क पाँच र इलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई पिपिइ पाँच, मास्क १० र क्याप पाँच थान उपलब्ध गराएको उहाँले जानकारी दिनुुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]