०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

रौतहटमा क्वारेन्टाइनमा ३२६ जना, ३५५ जना घर फिर्ता

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

न्यूजमधेश सम्बादाता
चन्द्रपुर,१८ बैशाख । रौतहटको विभिन्न स्थानीय तहमा सन्चालित क्वारेन्टाइनमा तीन सय २६ जनालाई राखिएको छ भने तीन सय ५५ जनालाई घर फिर्ता पठाईएको छ ।

भारत लगायतका अन्य मुलुक हुँदै वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका २१ वटा क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले रौतहटले जनाएको छ ।

जिल्लाका विभिन्न तहमा रहेका क्वारेन्टाइनमा हाल ३३ जना महिला र दुई सय ९३ पुरुष प्रत्यक्ष निगरानीमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार,यहाँका विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा नौ सय ३२ वटा बेड रहेकोे छ भने हाल सम्म कोरोना भाईरस चेकजाँच गरिएको संख्या ६१ हजार पाँच सय ४१ रहेको जानकारी दिएका छन् ।

त्यसै गरी हाल स्वाब संकलन गरिएको व्यक्तिको संख्या तिन सय २३ जना तथा स्वाब परिक्षण गरिएको व्यक्तिको संख्या २ सय २४ रहेको मध्य ३ जनाको रिपोट पोजेटिभ देखिएको थियो भने बाँकी ९६ जनाको रिपोर्ट आउन बाँकी रहेकोे जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको प्रतिवेदनमा उल्लोख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]