१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

‘प्रभाव’ मा नपर्ने डिएसपी थापाले गर्दा लाहानमा तस्करी सामानको ‘अभाव’

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

मनोज बनैता, सिरहा, २३ बैशाख । लकडाउन घोषणा भए देखि नै कम्मर कसी यसको कार्यान्वयनमा लागेका लाहान ईलाका प्रहरी कार्यालय (क) का ईन्चार्ज सरत थापा क्षेत्रीको कामगर्ने शैलीले यहाँका स्थानियको फरक फरक आँकलन रहेको पाईएको छ । रातारात तस्करी गरि करोडौं कुमल्याएकाहरु कोरोनाको कहरभन्दा पनि थापाको कहरले गर्दा त्रसित छन ।

केही स्थानियको भनाई अनुसार हिन्दी सिनेमाको सिंघम जस्तै थापाले अनैतिक अवैधानिक रुपमा आयआर्जन गर्नेहरुको लागी काल बनेको छ । कति ले त सलमान खानका फिल्मी डाईलग “मै दिलमे आता हुँ पर समझमे नहि”” संग समेत उनको तुलना गर्नेगरेको पाईयो । बोली खर्‍ओ भएपनी सबै संग उतिकै मिल्ने स्वभाव भएको थापा केही दिनमै आफ्नो छाप धेरैमा छोडन सफल भएको पात्र हुन ।

इमानदारी पुर्वक काम गर्नेहरु भने थापा देखि प्रभावित भएको देखिन्छ । उनको ड्युटी देखेर कतिपय प्रेरित समेत भएको पाईयो । डिएसपी थापाको काम गर्ने शैलीले कालाबजारी एवं तस्करहरु सार्है आतिएको पाईन्छ । एक तस्कर (नाम न खोल्ने शर्तमा) भने ‘अब यहाँ व्यापार गर्न गार्हो भो, कुरै सुन्दैन, तुरुन्त थुनी हाल्छ’ अर्का एकजना भने उनको सरुवाको प्रतिक्षामा भने केही दिनको लागि आफ्नो व्यापार बन्द गरेका छन । उनले भने ‘डिएसपी काजमा लाहान आएको छ, दरबन्दी छैन, एकदिन गईहाल्ला भनने आशमा छु हजुर’ । त्यसैगरी लाहानमा थापाको अत्यधिक कडाईका कारण पान मसाला जस्ता तस्करीका सामानहरु को व्यापक अभाव भएको पाईएको छ ।

कुनै किसिमको राजनैतिक दवावमा तत्कालै नआउने स्वभावले गर्दा केही राजनैतिक ब्यापारीहरु पनि उनी देखि ज्यादै निराश भएको देखिन्छ । हालमै लाहानका एक चिरपरिचित व्यापारी पवन मुन्धडालाई मिति नाघेको मैदा भन्डारणको अभियोगमा डिएसपी थापाले तुरुन्त कार्यवाही गरेको थियो । राम्रो राजनैतिक पकड भएको करोडपती मुन्धडालाई पनि नछोडेको भन्दै कालाबजारियाहरु सेल्फआइसोलेसनमा बस्दै सरकारद्वारा जारी लकडाउनको पालन गर्ने तिर लागेको खबर छ ।

देशलाई संकट परेको यस विषम परिस्थितिमा नेपाल प्रहरीले आफूलाई अग्रमोर्चामा उभ्याएको छ । महामारी रोकथाम र नियन्त्रणका लागि गरिएका पूर्व तयारीका काममा अन्य निकायझैं नेपाल प्रहरी एक्यवद्ध भई अगाडि बढेको छ । सम्भावित अवाञ्छित गतिविधिबारे चनाखो हुँदै स्वास्थ्यकर्मी, अस्पताल, भीडभाड व्यवस्थापन लगायतका काममा प्रहरीको सकृयता उल्लेखनीय छ । कालोबजारी नियन्त्रण गर्ने, लकडाउन पालना गराउने तथा अनुगमन गर्ने एवम् उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने मात्र होइन भाइरसको कारण जनमानसमा उत्पन्न डरत्रासको वातावरण र पीडावोधलाई विर्साउने गरी सम्झाउने बुझाउने काम नेपाल प्रहरीले गर्दै आएको छ ।

लाहानमा पहिलो पटक घरबाट बाहिर निस्केका व्यक्तिलाई लकडाउनको जानकारी गराएर जहाँबाट आएको हो त्यही फिर्ता पठाउने र पुन दोहोर्‍याएमा गतिविधिको आधारमा आवश्यक कारवाही समेत गर्ने गरिएको छ । थापाको अनुसार , “नेपाल सरकारको लकडाउन आदेशलाई अन्य निकायसँग पनि समन्वय गरी नेपाल प्रहरीले पूर्ण रुपमा समन्वयात्मक भूमिका र कार्यान्वयन गरेको छ । विपद्को समयमा थप काम गर्न हामी जहिले सुकै तयार छौं ।” विपद्को अवस्था पछि हुन सक्ने अपराधको प्रवृतिलाई मध्य नजर गर्दै योजना बद्ध तरिकाले प्रहरीको परिचालन हुने र त्यसमा कुनै कमी आउन नदिने उनको भनाइ छ ।

‘कोरोनाको संक्रमणलाई रोक्नको लागि सामाजिक दुरी कायम गर्नु महत्वपूर्ण हुन्छ । लकडाउन कार्यान्वयनमा खटिने प्रहरी समेत उच्च जोखिममा रहेको अवस्था छ । यस अवस्थामा सुरक्षित हुनका लागि माक्स, सेनिटाइजरको प्रयोग गर्ने गरेका छौं ‘ उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]