१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

कमला नगरपालिकाद्वारा कोरन्टिनमा राखिएकाहरुको बिजोग

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

मनोज बनैता, सिरहा, २५ बैशाख । धनुषाको कमला नगरपालिकाद्वारा निर्माण गरिएको कोरन्टिनमा रहने १७ स्थानीयको अवस्था बिजोग छ । शुरूवातमा २ जना बसेपनी हाल १७ जना कोरन्टिन गरिएका छन । बसेका सबैजसोको उस्तै गुनासो रहेको छ । उनीहरूको अनुसार हाल सम्म त्यहाँ न कुनै स्वास्थकर्मी स्वास्थ जाँचका लागि आएका छन न त कुनै सफाईकर्मी ।

कोरन्टिनमा बस्ने अक्षय पासमानको अनुसार उनीहरुलाई जनावर भन्दा पनि खराब व्यवहार गरिएको छ। मात्र एउटा चर्पी र पानी कल मा लाईन बसी सरसफाइ गर्नुपर्ने बाध्यता छ । उनले भने कोरन्टिनमा बिना समाजिक दुरी कायम गर्दै सबैलाई एकै ठाउँमा कोचेर राखिएको छ । बारम्बार जनप्रतिनिधिलाई फोन सम्पर्क गरेतापनी कुनै पहल नहुनुले हामी निराश भएका छौं पासमान ले दु:ख पोखे ।

अर्का एक जनाले भने कि सरसफाईको अवस्था सार्है चिन्ताजनक भएकोले हामी कुनै अर्कै रोगले त मर्ने हैन भनी मनमा पिरपरेको छ । उता, मेयर रामउदगार गोईत संग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]