१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

आलोचकहरु लाई अनुरोध आउ पहिला भोकालाई अन्न देउ, बाँकी गर्दै गरौंला : समाजसेवी महेश चौधरी

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

मनोज बनैता, सिरहा,३१ बैशाख । लकडाउनको शुरूवात देखिनै दैनिक रुपमा विपन्नलाई खाद्यान्न सहयोग गर्दैआएका महेश चौधरी र संगिता कर्माचार्यको बारेमा विभिन्न पार्टीका नेताकार्यकर्ता डाहा गर्दै आएका छन । कसैले समाजिक संजालमा ‘यिनीहरु सुटुक्क रातो गाडीमा आउछन् र राहत बाँडेर जान्छन् ” भन्दै पोस्ट गर्न भ्याएका छन । यता महेश चौधरी भने त्यस्ता आलोचनालाई बेवास्ता गर्दै आएको बुझिएको छ । न्युज मधेस संग कुरा गर्दै चौधरीले आफ्ना आलोचकहरुलाई भने “अहिले राजनीति भन्दा माथि उठी आफ्नो मानवता देखाउने बेला हो । आऔ हामी सबै मिली पहिला भोका पेटहरुलाई अन्न देऔं बाकी हुँदै गर्छ।’

नगरपालिकाबाट राहत नपाएकाहरुलाई खोजी गर्दै राहत वितरण गर्न समाजसेवी तथा नेपाली कांग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्य सक्रिय छन । यी जोडी ले वडा नं. १५ मोहनपुरमा गाँउका मुसहर बस्तीमा ३० घरधुरी लाई प्रति परिवार १० किलो चमाल,१ किलो दाल,१ कोलो आलू ,१ किलो नून बितरण गरेका छन भने अरु ठाउँमा बितरण जारी रहेको अवस्था छ । चौधरीको अनुसार उनलाई यसकार्यमा माखन भोग स्वीटस एण्ड चार्ट संचालक रोशन अग्रवाल ,लक्की इंटरप्राइजेजको प्रो. सन्तोष साह , शुभलक्ष्मी ईन्टरप्राजेजका संचालक अशोक चौधरी, लहान स्थित श्रेया पोलिकिल्निकका संचालक डा.शुशिला सिंह लगायतले आर्थिक रुपमा सहयोग गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]