१० पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

फोटो खिच्ने पत्रकार माथि सेनाद्वारा दुर्व्यवहार महासंघका केन्द्रिय सदस्यले गरे घोर निन्दा

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

मनोज बनैता
सिरहा, ३१ बैशाख । फोटो खिच्ने क्रममा नेपाली सेनाको टोलिले सिरहाको एक पत्रकारलाई दुर्ववहार गर्दै कुटपिट गरेका छन । सिरहा सदरमुकाममा लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलिले फोटो खिच्ने क्रममा पत्रकार बद्री नारायण यादवलाई कुटपिट गरेको हो ।

पत्रकार यादवले आफू पत्रकार हो भन्दै कार्ड देखाए पनी केही न सुनी उनलाई निर्घात कुटपिट गरिएको छ । लकडाउन पालना गराउन सेना खटिरहेको दर्शाउन फोटो खिच्दा उनीमाथि दुर्ववहार र कुटपिट भएको हो ।

घटना सम्बन्धि जानकारी पाए लगत्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवले अग्रमोर्चामा खटिने पत्रकारमाथी दुर्ववहार र कुटपिट हुनु निन्दनिय हो भन्दै दोषीमाथि कार्यवाहीको माग समेत गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]