१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

सिफारिस को भरमा जोगबनी हुँदै ८ जना नेपाल प्रवेश, ज्वरो जाँच पनि भएन

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

राजेश शर्मा, बिराटनगर, १ जेष्ठ । भारतको हरियाणा र दिल्ली बाट दुई बिरामी उपचार गराई आठ जना आज साझ ७ बजेको समयमा नेपाल प्रवेश गरेका छ्न ।

भारतमा रेल्वे सेवा सुरु भए संगसंगै नेपाल भारत सिमा जोगबनिमा नेपाल प्रवेश गर्न खोज्ने नेपालीहरुको संख्या बढ्दै गैइरहेको अवस्था छ । कोरोना महामारीको कारणले अत्यन्तै सम्वेदनसिल रहेको अवस्थामा सिमामा जहा चौबीसै घण्टा सुरक्षा कर्मीहरु निरंतर निगरानी गरिरहेका छन भने त्यही सरकार पक्षले सिमा प्रति गम्भीर नभई सुरक्षाकर्मीहरुको मनोबल कम गर्ने काम गरिरहेका छन ।

भारतको मेदान्त अस्पताल हरियाणामा उपचार सकेर बिराटनगर घर फ़र्किने एक जना बिरामी संग ४ जना कुरुवा र अर्को राजिब गांधी क्यान्सर हॉस्पीटलमा उपचार सकेर सप्तरी जिल्ला अग्निसाइर कृष्णसवरण गाउ पालिका घर भएका एक बिरामी को साथमा दुईजना कुरुवा सहित जम्मा ८ जना बिहिवार साझ ७ बजे नेपाल प्रवेश गरेका हुन ।

भारत बाट नेपाल प्रवेश पाउन को निम्ति दुवै परिवारको व्यक्तिले आफ़्नो पहुच को प्रयोग गरेर सिफ़ारिस को भरमा नेपाल प्रवेश गरेका हुन ।

बिराटनगर भन्सार कार्यालय रानी को मुख्य नाका बाटै सिफ़ारिस प्रक्रिया पुर्याएका बिराटनगर महानगर पालिका वडा नम्बर २ घर भएका राठी परिवार रहेको र सोहि वडाका वडा सदस्य ललित शाक्य ले पाचैजनालाई होम क्वारेन्टाईनमा राख्ने भनि बुजेर लगेका छन भने अर्को सप्तरी जिल्ला अग्निसाइर कृष्णसवरण गाउ पालिका घर भएका चौधरी परिवारलाई सोही गाउ पालिका अध्यकक्ष परशुराम चौधरीले होम क्वारेन्टाईनमै रख्ने भनेर बुजेर लगेका छन । नेपाल प्रवेशका क्रममा सिमामा स्वास्थ्यकर्मी नभएको कारण आज भारत बाट नेपाल आएका कसैको पनि स्वास्थ्य जाच टेम्प्रेचर चेक समेत नभएको हो ।

प्राप्त जानकारी अनुसार अहिले जोगबनि नाकामा भारतका विभिन्न ठाउहरु बाट आएका सय भन्दा बढीको संख्यामा रहेको नेपाली नागरिकहरु लुकि छिपि नेपाल आउन खोजिरहेका छन जस मध्ये आज पनि केहि नेपाली नागरिकहरुलाई जोगबनि हाई स्कुलमा क्वारेनटाईनमा लगियेको छ भने केही अझै नेपाल प्रवेश गर्न छरिएर रहेका छन ।

रातीको समयमा लुकि छिपि नेपाल छिर्न खोज्ने व्यक्तिहरुले गर्दा सिमामा खटेको सुरक्षाकर्मीहरुलाई थप चुनौती को सामना गर्नु परिरहेको प्रहरीहरु बताउछन ।

पहुच पुगेका व्यक्तिहरु सोझै नेपाल प्रवेश पाउने गरेका कारण संगै नेपाल प्रवेश गर्न खोज्ने नेपालीहरुले प्रहरी सुरक्षाकर्मीहरुलाई थप चुनौती दिदै विरोध समेत गर्नेगरेका छन । यस तर्फ़ सरकार गम्भिर न भए कोरोना महामारीले भयावह रुप लिने अनुमान गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]