मनोज बनैता,सिरहा,२ जेष्ठ । सप्तरी बोदे बरसाईन नगरपालिका वडा.१ का अध्यक्ष धिरेन्द्र यादवले बिपन्नलाई भनी ल्याएको राहत सामग्री चोरेर बेचेको आरोप लागेको छ । “वडा अध्यक्ष चोर कुर्सी छोड” भन्दै वडा १ का स्थानीयले चर्को नाराबाजी गर्दै वडा कार्यालय घेरा बन्दी गरि कार्यालयमा तालाबन्दी गरेको खबर स्थानीय युवा नेता धर्म देव साहले जानकारी दिए ।
बैशाख २९ गते मनमौजी रुपमा राति ९:०० बजे आफन्त लगायत आफ्ना आसेपासेलाई सुटुक्क राहत दिएको व्यापक जनगुनासो रहेको छ । बैधानिक प्रक्रियालाई लतमर्दन गर्दै रातारात बाँडिएको राहतको बिषय लिएर धनगढी लगायत वडा १ मा पर्ने गाउँमा अध्यक्ष यादवको घोर बिरोध भएको छ । अध्यक्षको मनपरी भन्दै स्थानियले धिरेन्द्र यादवलाई कार्यवाहीको माग गरेका छन ।
स्थानीय युवा धर्म देव साहको प्रश्न छ ” राति ९:०० बजे आफ्नो आसेपासेलाई वडा कार्यालयमा बोलाई राहत सामग्री दिएका छन। यस्तो अनैतिक कार्यमा संलग्न जनप्रतिनिधिलाई कारबाही भएन भने बिपन्न तथा पीडित जनता कति दिन सम्म यस्तो असह्निय कार्यमा चुप लागेर बस्छ्न?”
साहले बोदे बरसाईन नगरपालिका का मेयर र प्रशासकिय अधिकृत समेतलाई जानकारी गराएको भनेका छन । नगरपालिकाले ४०० प्याकेट राहत सामग्री पठाइएकोमा वडा अध्यक्षले कुनै पनि पार्टीको प्रतिनिधि नबोलाइ आफ्नो मनोमानी ढंगले वितरण गरेको आरोप छ ।