१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

जनप्रतिनिधी नै लकडाउनको खिल्ली उडाउँदै

Logo
प्रकाशित आइतबार, जेठ ०४, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,४ जेठ। समग्र विश्वसँगै सिंगो देश कोरोना महामारीको त्रासबाट गुज्रिरहेको अवस्थामा धनुषामा लक डाउनको उल्लघन व्याप्क रुपमा भइरहेको छ ।

बालबालिकाको भेला पारेर पाठ्यपुस्तक बितरण गर्नेदेखि सामान्य अवस्था झैं भींड जम्मा गरेर रिबन काट्न समेत जनप्रतिनिधी अग्रसर हुने गरेको पाइएको छ ।

धनुषाको विदेह नगरपालिकाका मेयरले शनिबार झण्डै सय जनाको भींड जम्मा गरेर आधारभूत स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

विदेह नगरपालिकाका वडा नम्बर १ झिझा टोलस्थित सामुदायिक भवनमा आधारभूत स्वास्थ्य चौकी संचालन गरिएको छ । मेयर दासले शनिबार दिउँसो यसैको रिबन काटेर उद्घाटन गरेका छन् ।

मेयर दासले रिबन काटिरहँदा उनको वरिपरि व्यक्ति झुमिएको छन् फोटो खिंचाउनका निम्ति । त्यसमध्ये अग्रपंक्तिका व्यक्तिले मात्रै मास्क लगाएका देखिन्छन् ।

लकडाउनलाई धज्जिया उडाउँदै आधारभूत स्वास्थ्य संस्थाको रिबन काटेर उद्घाटन गरेका मेयरदास भने धेरै भींड नगरिएको बताए । उनले उद्घाटन गर्ने समयमा धेरै मान्छे नभएको दावी गरे ।

उनले भींड भएपछि दूरी कायम गराउन १६ जना प्रहरीलाई बोलाएको बताए ।

यसअघि शुक्रबार धनुषाकै शहीद नगरपालिका वडा नम्बर ८ का विद्यालयले बालबालिकाको भेला गरी पाठ्यपुस्तक बितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]