ई . श्याम सुन्दर मण्डल
विश्व सवास्थ संगठन (WHO) अनुसार कोरोनाले अब कहिले मानव संसारलाई छोडने छैनन र त्यही भएर कोरोनासँगै मानव समाजलाई अगाडी बढन सचेत गराएको छ । यदि यो सत्य साबित भए हाम्रो जस्तो भ्रष्ट, अराजक, अव्यवस्थित, गरीब र अचेत मुलुकमा यसको परिणाम भयावह हुने निश्चित छ । २९ वर्षिया सिन्धुपाल्चोककी महिलाको कोरोनाका कारण भएको मृत्युले नेपाली कोरोना डेथ मीटरको रिडिङ्ग आरम्भ भएको छ ।
हाम्रो विचारमा नेपाल सरकारले नचाहँदा चाहदै पनि यो मृत्युलाई कोरोनाबाट भएको स्वीकार गरेको छ । यस अघि पनि क्वारेन्टाईनमा मृत्यु भएकालाई अर्कै रोगबाट मृत्य भएको भनिएको थियो ।
नेपालमा हालसम्म प्रति १०लाख ६०० भन्दा कम PCR Test हुने गरेको छ, जुन अन्य मुलुकको तुलनामा अत्यन्त न्यून छ । सप्तरी जहाँ ८ लाख भन्दा बढी जनसंख्या छ, भारतबाट आवत-जावत खुल्ला छ, प्रशासनिक दखल अत्यन्त फितलो छ, भ्रष्टाचार उच्च छ, गरीवी र लाचारी चरम छ, त्यहाँ करीव ४९० टेस्ट गरिएको छ । मेडिकल क्राइसिस रहेको भन्दै पी.पी.आर. लगायत कोरोनासँग सम्बन्धित सामग्री आवश्यक मात्रामा उपलब्ध छैन । यस कारणले स्वास्थकर्मीहरू डराएका छन र अपेक्षाकृत सेवा दिन सकिरहेको छैन ।
सरकारी व्यवस्थापनमा चरम उदासिनता, राहतको उपलब्धता र वितरण लगभग शुन्य रहेको, भ्रष्टाचार उच्च रहेकोले सरकारमाँथिको जनविश्वास अति न्यून छ । तर श्रमिक, मजदूर, किसान, असहाय, गरीवको पेट पाल्नु पर्ने बाध्यता रहेकोले मानिस घर भित्रै बस्न मुश्किल छ । पेटको जोहो गर्न बाहिर निस्किनुपर्ने बाध्यता छ । यस्तो परिस्थितिमा आउने दिनहरू हाम्रा लागि अति भयानक हुने निश्चित भएको छ ।
झापा देखि कंचनपुर सम्म मधेशीहरू बसोबास गर्ने क्षेत्रहरूमा यसको जोखिम झन उच्च रहेको छ । महेन्द्र राजमार्गबाट दिनरात ढुवानी हुने आवश्यक सामग्रीहरूले पहाड र हिमाललाई धान्न सक्ने छैनन् र मधेशमा हाहाकार मच्चिने निश्चित देखिएको छ । आपूर्तिमा निजीकरण रहेको र सरकार पनि उनीहरूका अगाडी नतमस्तक रहेकाले तस्करी, कालाबजारी, चोरी, लूट जस्ता घटनाहरू सामान्य बन्ने पनि निश्चित छ । चिया, चामल, चीनी, तेल, तरकारी, सिमेन्ट, डण्डी जस्ता सामानहरूको दरमा भएको कृतृम बढोत्तरीले त्यसको प्रष्ट संकेत गरिसकेको छ ।
सरोकारवालाहरू सबैको ध्यान यसतर्फ जाओस !