१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

आजसम्म कै असफल सरकार ‘ओली सरकार’ : नेता महतो

Logo
प्रकाशित आइतबार, जेठ ०४, २०७७

मनोज बनैता, सिरहा, ४ जेठ । देशको सीमा सुरक्षा गर्न नसक्ने यो सरकार आजसम्मकै सबैभन्दा असफल सरकार भएको आरोप जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लगाएका छन । संघिय संसदमा बोल्दै नेता महतोले ओली सरकार ले गफ ठुलो गरेपनि सीमा सुरक्षा सम्बन्धि संबेदनसिल मामिलामा हालसम्म केही उपलब्धि गर्न नसकेको बताएका छन । शुक्रबार संघीय संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम माथि शुरु भएको छलफलमा भाग लिदै नेता महतोले यस्तो भनेका हुन ।

मधेशी दलहरु सीमा अतिक्रमणबारे केहि नबोलेको प्रसंग उठाउँदै उनी सरकार माथी आक्रोश पोखेका थिए । उनले वर्तमान सरकार असफल मात्र नभई अपराधी पनि हो भन्दै जङ्गिएका थिए । २७६ बुँदामा आएको नीति तथा कार्यक्रमले महामारी को कहरले पिरोलिएकाहरुको भावनालाई समेट्न नसकनु दु:खद भएको बताए । महतोले वर्तमान सरकार झिनामसिना कुरातिर लागेर आफ्नो कुर्सी बचाउने खेलमा लागेको पनि आरोप लगाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]