०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनकपुरधाम राहत वितरणलाई निरन्तरता दिदै

Logo
प्रकाशित आइतबार, जेठ ०४, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,४ जेठ। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले लकडाउनका कारण दैनिक ज्यालादारी गरि जीवनयापन गर्ने परिवारलाई राहत वितरण गरेका छन् ।

उप–महानरपालिकाले वडाकार्यालयको माध्ययमबाट गरिव, विपन्न परिवारलाई राहत गर्ने काम शुरु गरेको छ । उप–महानगरपालिकाले १८ हजार भन्दा बढी परिवारलाई राहत वितरण गर्न लागेको छ ।जनकपुरधामको विन्हीमा मेयर साहले राहत वितरण गरेका छन् । गरिव, विपन्न, ज्यालादारी गरि परिवारको भरणपोषण गर्दै आएको परिवारलाई राहत वितरण गरेका हुन् ।

गरिव विपन्न परिवारको लगत संकलन गर्न सरकारले सवै पार्टीका प्रतिनिधि हुने गरि समिति बनाई राहत संकलन गर्ने परिपत्र गरेपछि राजनीतिक दलका प्रतिनिधिहरुले लगत संकलन गरेका थिए ।गरिव विपन्नहरुले धनी व्यक्तिले राहत लिएको गुनासो गरेका थिए तर, गरिव विपन्नले राहत नपाएको उनीहरुले आरोप लगाएका थिए ।

यता, जनकपुरधाम उप–महानगरपालिकाले नगरक्षेत्रमा दोस्रो चरणको स्यानिटाइजेशनको कार्य शुरु गरेको हो । पहिलो चरणमा नगरक्षेत्रलाई स्यानिटाइज गरि सकेका उप–महानगरले कोरोना भाईरसको प्रकोप बढेको भन्दै फेरी सेनिटाइजेसनको काम शुरु गरेको हो ।

उपमहानगरका उप–प्रमुख रिता झाले सेनिटाइजेशनको कार्यको शुरुवात भईसकेको जानकारी दिएकी छिन् । उनले भने कोरोना भाईरसको प्रकोपदिन प्रतिदिन बढ्दै गएको छ यस्तो अवस्थामा स्यानिटाइज गर्ने कार्यको थालिनी भईसकेको छ ।हामी कोरोनासंग लड्न हरसम्भव प्रयास गरि रहेका छौं ।

उप–महानगरपालिकाले यस भन्दा पहिला पनि नगरका सवै वडामा स्यानिटाइजेशन,लामखुट्टे विरुद्धको औषधी,चोक चोकमा हातधुने सावुन, स्यानिटाइजर लगायतका कार्यहरु गरि सकेका छन् । उप–महानगरद्वारा १८ हजार भन्दा बढी घर परिवारलाई वडा कार्यालयको माध्ययमवाट राहत वितरण समेत गरि सकेका छन् ।

उप–प्रमुख झाले भनिन्–पहिलेको अनुपात अहिले हाम्रो यहाँ कोरोनाको प्रकोप बढेको छ, पहिला कम संख्यामा थियो तर अहिले आएर बढ्दै गएको छ यस्तो अवस्थामा हामीले आम जनताको साथमा छौं उनीहरुलाई आतिनु पर्दैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]