१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

अधबैंसे जोडीमा यौवनको जोश, विपन्नलाई अन्न दिन चाहे घरघर जानू परोस

Logo
प्रकाशित आइतबार, जेठ ०४, २०७७

मनोज बनैता, लाहान, ४ जेठ । महिनौं देखि चलेको लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ। स्थानीय सरकार निदाएको अवस्था रहदाँ को बेला भने महेश चौधरी र उनको श्रीमति संगीता कर्माचार्य भने अहोरात्र खटेर गरिब, ज्यालादारी लगायत लाहानका सम्पुर्ण विपन्नलाई अन्न दान गरि गरिबी को घाउमा मलहम लगाउने काम गरिरहेको अवस्था छ ।

अधबैंसे यी जोडी मधेसको चर्को घाम झेलेर पनि समाज सेवामा आफुलाई समर्पित गरेको स्थानीयले बताउछन् । हुनेखाने परिवारको यो दम्पती घरमै बसी आनन्दले समय बिताउन सक्ने भएपनि उनीहरु दिनभर लाहान नगरको बिपन्न वस्तीमा उनीहरूको अवस्था बुझ्दै खाद्यान्न जोहो गर्न लागेका छन ।

सस्तो लोकप्रियताको लागि धेरैले खाद्यान्न बितरण शुरु गरे र दुई चार दिनको मिडियाबाजी पछि बन्द गरे तर यी जोडीलाई न मिडियाबाजीको चाहना छ न कुनै कुर्सीको । चौधरीको अनुसार उनी आफ्नो आत्म सन्तुष्टिको लागि खाद्यान्न बितरण जारी राखेको छ ।

लहान ४ का अति विपन्न , ज्याला मजदुर संगै भिक्षा मांगी खाने ६० जना परिवारलाई लाई शनिबार समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले राहत उपलब्ध गराएका छन। यी दुई जोडीले राहत वितरण कार्यक्रम लाई निरन्तरता दिदै लहान नगरपालिका वडा नं-४ सुन्दरपुरका ३४ घर परिवार र इस्लामपुरका २६ घर परिवार लाई राहत उपलब्ध गराएका छन। समाजसेवी चौधरी र कर्माचार्यले विभिन्न मनकारीहरुको सहयोगमा सनिबार ६० घरपरिवार लाई १० किलो चमाल,१ किलो आलु ,आधि लिटर तेल र १ किलो आयो नून राहत स्वरूप वितरण गरिएको समाजसेवी महेश चौधरीले जानकारी दिएका छन्। नेपाल सरकारले जारि गरेको  लकडाउन देखिको अवस्था देखि नै गरिब ,असहाय ,एकल महिला ,दैनिक ज्याला मजदुरी गर्ने हरुको पहिचान गरि राहत उपलब्ध गराउदै आइरहेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]