१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

सरकारको अकर्मण्यताका कारण सीमाविवाद यथावत : उपेन्द्र यादव

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

मनोज बनैता, सिरहा, ५ जेठ । सरकारको अकर्मण्यताका कारण सीमाविवाद यथावत रहेको जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले आरोप लगाएका छन। संघिय संसदमा बोल्दै नेता यादवले लिपुलेक, महाकाली, सुस्ता लगायतका विवाद सरकारले कुटनैतिक तवरले समाधान गर्नुपर्नेमा हालसम्म सिन्को नभाँचेको बताएका छन ।

संसदमा नेता यादवले व्यङ्ग्य गर्दै ओली सरकारलाई पानी जहाजको अस्तित्व सार्वजनिक गर्न समेत माग गरेको छ । यादवको अनुसार हाल यो मुलुकमा चार प्रमुख संकटहरू छन : स्वास्थ, मानवीय, आर्थिक र राजनीतिक संकट। यस्ता संकटलाई सम्बोधन गर्नु निर्विकल्प कै अवस्था हो । सरकार महामारीको बेला संबेदनसिल नहुनुले ठूलो संकटको सन्देश दिन्छ । उनले भने देशमा आईसोलेशन वार्ड, औषधि लगायतका मेडिकल सामानको अभाव भएको बेला सरकारले हातमा हात राखी बस्नु भनेको गैरजिम्मेवारी हो । त्यसैगरी उनले सरकारद्वारा लकडाउन गरिनु बाहेक हालसम्म केही नगरिएको टिप्पणी गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]