०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समर्थन गर्छौ ‘हेराफेरीवाल’ को? अनि व्यवस्था चाहियो ‘केजरीवाल’ को? : डा. राउत

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

मनोज बनैता
सिरहा, ५ जेठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रदेश सरकारमाथी ठूलो प्रहार गरेको छ । उनले यस्तो आरोप लगाए जनताले हेराफेरीवाललाई समर्थन गरि भारतका दिल्ली मुख्यमन्त्री केजरीवाल जस्तो ब्यवस्था आउने कल्पना गर्नु ब्यर्थ हो ।

डा राउतका अनुसार प्रदेश सरकारले एक एक पोखरी सौन्दर्यीकरण (“कार्यकर्ता-पालन”) को नाममा ७-७ करोड़ बजेट विनियोजन गर्दा, ४-४ करोड़ भण्डारामा खर्च गर्दा, ८४ व्यञ्जनमा करौंडौं उडाउँदा, खामबंद गरेर पैसा बाँटदा, र काम गर्नुको सट्टा साढे दुई वर्ष सुतेर बस्दा मधेसी जनताले ताली बजाए । अनि अहिले प्रादेशिक अस्पतालमा २-४ वटा भेन्टिलेटर र आइसियू पनि छैन, भनेर चिच्याएर हुन्छ ?

राउतले भने मधेसीले भ्रष्टलाई जिताए र स्वास्थ्य-मन्त्री बनाए । तर दुर्भाग्य ती मन्त्री ३ पटक पनि आफ्नो क्षेत्रका जनता हेर्न नगई १९ महिनामा ३० पटक सरर विदेश घुमे, स्वास्थ्य उपकरण खरीदमा करौंडौं कमीशन खाए । मधेशका अस्पतालमा योग्यलाई नियुक्ति नदिई सुपरिटेन्डेन्ट/अस्पताल विकास समिति अध्यक्ष लगायत ३-३ दर्जन आफ्नै कार्यकर्ता घूस लिएर नियुक्त गरे साथै सरूवा-बढुवामा २०-२० लाख घूस खाँदा पनि मधेसी जनताले ताली बजाई राखे । जसको फलस्वरूप अहिले अस्पतालले भर्ना न लिने, उपचार न गरिदिने, अस्पतालका कर्मचारीले पिटने, वार्डमै बलात्कार गरिने, सरकारी औषधी झवाम्मै पारिदिने अमानवीय काम भईराखेको छ ।

उनले भने ‘हामी मधेसीले नै जितायौ नामूद अपराधी, डकैत र लठैतहरूलाई त्यसकारण यिनीहरू अहिले आएर आफ्ना लठैतहरुद्वारा कुटपिट गराउने, ट्यूवबेल उखेलेर लग्ने, इनारको पानी खान नदिने, खेत खोस्ने, गहुँ काटेर लग्ने,  घरमाथि डोजर चलाइदिने जस्ता घृणित कार्यहरू गरिरहेका छन ।’

डा.राउतले आक्रोश पोख्दै भने हामी मधेसीले जितायौ शहिदको रगतचोर, तेलचोर र तस्करहरूलाई अनि उनीहरूले राहतको चामल चोर्यो, दाल चोर्यो भनेर रोएर हुन्छ ? जितायौ कमीशनखोर भ्रष्ट र ‘भिजन’हीनहरूलाई अनि रुखमुनि सुविधाविहिन क्वारेन्टाइनमा मुरही खाएर कसरी बाँच्ने, भनेर रोएर हुन्छ ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]