०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मधेशीलाई हेपेको भन्दै विद्यार्थी जनमत संघद्वारा बिरोध कार्यक्रम सार्वजनिक

Logo
प्रकाशित बिहिबार, जेठ ०८, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,८ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघले मधेशी समुदायमाथि कृषि टेलिभिजनले कोरोना गफगाफ भन्ने कार्यक्रम मार्फत व्यंगय प्रहार गर्दै हेपाहा प्रवृत्ति देखाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले त्यो अक्षम्य र असहनीय दुवै देखिएको जनाएको छ ।

मधेशी समुदायलाई हेपेको भन्दै संघले बिरोध कार्यक्रम घोषणा गरेको छ । बिरोध स्वरुप बिहीबार कृषि टेलिभिजनको कपिमा कार्टुन बनाई विरोध गर्ने, शुक्रबार सूचना तथा संचार मन्त्रालयले कार्वाही नगरे शनिबार एक दिनको लागि फेसबुक प्रोफाइल कालो राखी बिरोध गर्ने जनाएको छ ।

यस्तै, आईतबार प्रेस काउन्सिलले टेलिभिजन र प्रस्तोतालाई कारबाही नगरे (प्रेस काउन्सिल) कालो अक्षरमा लेखेर फेसबुकमा पोष्ट गर्ने, सोमबार प्रेस काउन्सिलमा मेल मार्फत ध्यानाकर्षण पत्र बुझाउने, मंगलबार पनि कार्वाही नगरेको पाइएमा प्रेस काउन्सिल को विरोध स्वरुप सदा पानामा प्रेस काउन्सिल लेखेर घरमै बसेर पाना जलाई सञ्चार मर्यादा विहिन र पुर्वाग्रही प्रति ध्यानाकर्षण गराउने संघका अध्यक्ष पोषण कुमार यादवले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।

त्यसपछि पनि कार्वाही नगरिए थप कार्यक्रम घोषणा गरिने र बीचमै कार्वाही गरिएमा कार्वाही भएकै दिनदेखि बिरोधका कार्यक्रम स्वतः फिर्ता हुने बिज्ञप्तीमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]