२३ फाल्गुण २०८१, शनिबार
08-03-2025 , Sat
×

नागरिकता सम्बन्धी कानूनी अभाव र अन्योललाई निकास दिन सांसद साहको आग्रह

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डू,९ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री प्रभु साहले नागरिकतासम्बन्धी कानूनी अभाव र अन्योलको अवस्थालाई निकास दिन माग गरेका छन् ।

आज नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका सांसद साहले कानुनी अभावका कारण लाखौं नेपाली नागरिकता लिनबाट बञ्चित भएर संवैधानिक हकको पहुँचमा पुग्न नसकेको भन्दै यथाशीघ्र प्रक्रिया अगाडि बढाउन संसदीय समिति, मन्त्रालय, संघीय संसद र नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नागरिकता नपाएका हजारौं नेपाली नागरिक उच्च प्राविधिक शिक्षा, रोजगारी, व्यापार–व्यवसाय, वित्तीय तथा बैंकिङ्ग सेवा, मताधिकारलगायत राज्यबाट प्राप्त हुने विविध हक–अधिकार तथा अन्य सेवा सुविधाहरुबाट समेत बञ्चित भई अस्तित्वविहीन अनागरिकको जीवन जीउन बाध्य भएपछि उनले सामाजिक संजाल फेसबुकमार्फत सांसद साहले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

‘नेपालको संविधानको भाग–२ नागरिकता, धारा १०९१० मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन ।’ भन्ने स्पष्ट प्रावधान हुँदा–हुँदै पनि सम्बन्धित मन्त्रालय र सांसदको राज्य व्यवस्था तथा परामर्श समितिको गैरजिम्मेवारीपूर्ण उदासीनता एवं लापरवाहीले नागरिकता ऐनमा आवश्यक संशोधनको अभावमा आज पनि वर्षौंदेखि उमेर पुगिसकेका हजारौं–हजार नेपाली युवा–युवतीहरु नागरिकता प्राप्त गर्न पाउने आफ्नो संबैधानिक हकबाट बञ्चित छन्’, सांसद साहले लेखेका छन् ।

‘नागरिकता नभएका कारण आफ्नै नागरिकहरुलाई अनागरिक बनाई भविष्यसँग खेलवाड़ गर्ने अपराधको जिम्मा कसले लिने रु’, भन्दै उनले प्रश्न गरेका छन् ।

उनी थप्छन्, ‘वि।सं। २०७५ सालदेखि नै नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदको चरम लापरवाही एवं उदासीनताका कारण संसदको राज्य व्यवस्था तथा परामर्श समितिमा थन्केको छ । विडम्बना भनौं या दुर्भाग्य जननिर्वाचित सांसदहरु आज जनताको संवैधानिक हकसँग जोड़िएको यस्तो महत्वपूर्ण विधेयकलाई सिरानीमा राखेर सुतिरहेका छन । तसर्थ, यस जटिल समस्याको दीगो समाधान गर्नका लागि समयमै गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]