०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

राहतको विषयमा झडप , उपमेयरकै छोराले गोली हानेपछी

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

न्यूजमधेश सम्बादाता
सिरहा ,९ जेठ । सिरहामा राहत विषयमा विवाद हुँदा गोली चलेको छ । नरहा गाउँपालिका वडा नं.१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली हानेको छ।

नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् । उनको दाहिने कञ्चटमा गोली लागेको बताइएको छ । झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मण्डललाई लगत्तै अम्बुलेन्समा जिल्ला अस्पताल सिरहा लगिएकोमा त्यहाँबाट विराटनगर रिफर गरिएको छ । उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरि तीन जनालाई विराटनगर रिफर गरिएको हो । झडपमा परी अन्य २० जना जति घाइते भएको बताइएको छ । नेपाली कांग्रेस तर्फका १२ जना तथा नेकपा तर्फका ७ जना जति भाइते भएका हुन् । जसमा केहि महिला र बाँकी पुरुष छन् ।

उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए । राहत वितरणमा काखापाखा भएको भन्दै भनाभनपछि विवाद उग्र बनेर दुई पक्षबीच झडप भएको हो । सोही क्रममा उपमेयरका छोरा अरविन्दले गोली चलाएका हुन् ।

उपमेयर चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका छन् । यता, प्रहरीले भने दुई पक्षीय झडपमा केहि व्यक्ति घाइते भएपनि गोली चलेको वा नचलेको बारे पुष्टि हुन नसकेको बताएको छ ।

‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन,’ सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले भने । घटना विषयमा अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।- मिथिला रत्न

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]