१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

लिपुलेक विवाद बेमौसमी राष्ट्रवाद : पत्रकार देवकुमार यादव

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

सिरहा, ११ जेठ । बैश्विक महामारी कोभीड -१९ को कारण देश संक्रमणको अवस्थाबाट गुज्रिरहेको बेला राजनैतिक उथलपुथल हुनु सिंगो राष्ट्रको लागि घातक हो । दिन दिनै संक्रमितको संख्या आश्चर्यजनकरुपमा बढ्नुको कारण जनतामा त्रासको माहौल छ । छिमेकी राष्ट्र भारतबाट लुकीछिपी स्वदेश आउनेको संख्या पनि उल्लेख्य छ  यतिबेला राज्य मानवीय स्वास्थप्रती संबेदनसिल नभई लिपुलेकको सिमा विवादमा अल्झनु भनेको जनता प्रति उत्तरदायी नहुनु हो । यो बेमौसमी राष्ट्रवादले सम्पुर्ण देशवासीमा स्वास्थ संकट ल्याउन सकने सम्भावना उच्च छ ।

मातृभुमी सबैकोलागी उत्तिकै प्यारो हुन्छ । उत्तरी र दक्षिणी सिमामा मिचिएका नेपाली भुभाग फिर्ता ल्याउनु हाम्रो कर्तव्य एवं यस देश प्रतिको उत्तरदायित्व छ यद्यपि यो अनुकुल समय चाँहि होईन ।   लिपुलेक लगायतका सिमा विवादलाई सरकारले कुटनैतिक स्तरबाट समाधान गर्नुपर्दछ । हालको अवस्थामा सरकारद्वारा राजनैतिक नक्शा पास गरि छिमेकीलाई चिढाउनु भन्दा पनि सबैको साथ र सहयोग लिई महामारी संगको युद्ध जित्नमा केन्द्रित हुनुको विकल्प छैन ।

कोरोना कहरको समयमा खुंखार राष्ट्रवाद हाम्रो देशको लागि आत्मघाती हुन सक्ने भएको ले सरकार यसप्रति निकै गम्भीर हुनुपर्ने देखिन्छ । अभावै अभावको हाम्रो स्वास्थ क्षेत्रलाई सुदृढीकरण गर्नुमा सरकार उदासीन देखिएको हुनाले अकाल्पनिक घटना घट्न सक्ने विज्ञहरु बताउँछन् । तसर्थ सरकारले अनर्गल रुपमा आफ्नो उर्जा खर्च गर्नुभन्दा कोरन्टिन को संख्यामा वृद्धि गर्नु, आईसोलेशन सेन्टर को ब्यापकता तथा भेन्टिलेटर को संख्या बढाउनु जस्ता हुँदै नहुने अतिआवश्यक काममा लाग्नु देश र जनताको लागि हितकर हुनेछ ।  (लेखक: नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ सिरहाका पुर्व अध्यक्ष हुनुहुन्छ)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]