१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

जटही नाकामा युवकको मृत्यु , प्रधानमन्त्री ओलीको विरुद्धमा प्रदर्शन गर्दै जनकपुर आउँदै

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

सिबेन्द्र रोहिता

जटही,१४ जेठ। भारतबाट फर्केपछि खाना नपाएको कारण नेपाल भारत सीमाको जटही नाकामा धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरु प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आउने भएका हुन् ।

भोकका कारण उनको मृत्यु भएपछि सयौँको संख्यामा नाकामा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आइरहेका छन् ।

भारतमा रहेको समय करिब १५ दिनदेखि चिउरा मुरही खाएको र जटही नाकामा आइसकेपछि राति छिर्न नदिएपछि सो युवकको भोकको कारणमृत्यु भएको हो । मृतक यादव अहमदाबादमा होटलमा कुकको काम गर्दै आएका थिए ।

जटही नाकाबाट करिब ३ सय नेपाली लाठी, भाटा प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आइरहेका छन् । प्रर्दशनको क्रममा उनीहरूले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएपछि त्यसको आक्रोशमा ती नेपालीहरु जटही नाकाबाट प्रदर्शन गर्दै जनकपुरधाम आइरहेका छन् ।

आक्रोशितहरुको भीडलाई प्रहरीले समेत रोक्न सकेको छैन। उनीहरु पत्रकारविरुद्ध समेत प्रदर्शन गर्दै यता तर्फ आइरहेका छन् । पत्रकारहरुले आफुहरुको बारेमा समाचार सम्प्रेषण नगरेको भन्दै पत्रकार विरुद्ध समेत पर्दशन गर्दै जनकपुरधाम तर्फ उनीहरु आइरहेका छन् ।

यसैबीच उनीहरु सुरक्षा घेरा समेत तोडदै जनकपुरधाम तर्फ आईरहेका उनीहरुलाई अहिले धनुषाको नगराइनमा ठुलो संख्यामा प्रहरी परिचालन गरि रोकिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए ।

सहायक प्रजिअ पोखरेलका अनुसार स्थानीय प्रशासनले उनीहरुलाई सो नाकाबाट नेपाल भित्र्याउनका लागि बिहान १० बजे र साँझ ६ बजे बस सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि उनीहरुले आफुहरुलाई तत्कालै घर पुर्याउनुपर्ने अडानमा थिए ।

भारी संख्यामा सिमानाकामा अलपत्र परेका उनीहरूलाई गन्तव्यसम्म पुर्याउन स्थानीय प्रशासनले अहिले ३ वटा बस पठाएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]