०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

कोशी पलारमा लगाएको बगरखेती जलामग्र ,कृषकहरु चिन्तामा अब साहुको ऋण कहाबाट तिर्ने

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

चन्दन राउत
भारदह ,१४ जेठ । अबिरल बर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढे संगै सप्तरी जिल्ला स्थित हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोशी पलारमा लगाएको करिब पच्चासो बिघा तरकारी बगर खेती जलमग्न भएका छन् ।

सो बगर खेतीमा तारभुज,खरबुज्जा, लौका, फर्सी, काकरा,टमाटर, इत्यादि मौसमी फसल लगाउने गरेको कृषक तथा समाजसेवी पुरन राउतले बताएका छन ।

राउतले मात्र करिब दस बिघा जग्गामा मजदुर राखि तरकारी बगर खेती लगाएका छन् । उहाँको भनाइ अनुसार सो खेती गर्न करिब बिस लाख साहु बाट ऋण लिएर खेती गरिएको बताए ।

त्यस्तै अर्का कृषक छोटेलाल राउतले करिब आठ बिघा जग्गामा मौसमी तरिका बगर खेती गरेको जमिन अहिले बाढीको पानीले पुरै डुवानमा परेको छ। उहाँले भाबुक हुदै भन्नु भयो “है भगवान ओतै मेहनत स दिन राईत खइटक लगालु बगर खेती फसल बेचैटाइम मै ओहो खेतके फसल बाईर मै भाइसगैल कि करब साहुके दस लाख ऋण कत स तिरब” उहाको भनाई रहेको थियो ।

दस लाख ऋण लिएर बगर खेती गरेको र बेचने बेलामा बाढीले फसल बगायो । कृषक बासुदैब मुखियाले भन्नु भयो लकडाउन को समय मा ब्यपारीले तरकारी किन्न नआउदा र सरकार ले तरकारी को ब्यवस्थापन नगर्दा सो समस्या भएको बताए ।

मुखिया ले करिब सात बिघा खेती लगाएका छन् त्यसै गरी सुगदेब राउतले आठ बिघा, उमेश माझी ले सात बिघा, श्याम मंडल ले करिब दस बिघा जग्गामा मा मौसमी फसल लगाएका छन् ।

यता कृषक तथा समाजसेवी पुरन राउतले भन्नु भयो कृषि ग्यान केन्द्र राजबिराज सप्तरीको अनुमति लिएर सो खेतीमा लगानी लगाएको तर बेचने बेलामा सबै फसल बाढीले बगायो ।सरकारले साहु संग लिएको ऋण तिर्नुपर्ने र क्षतिपूर्तिको व्यवस्था मिलाई दिन माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]