मनोज बनैता, सिरहा, १५ जेठ। सिरहा गोलबजारका सुशिल हार्डवेयर संचालक धनपती महतोले आफू फोहोर राजनीतिको शिकार भएको गुनासो पोखेका छन । गोलबजार -४ मा हार्डवेयर पसलगर्दै आएका महतोले केही उच्छृङ्खल ब्यक्तिबाट आफू पीडित भएको बताएका छन ।
महतोले पत्रकार भेला गर्दै भने “चरम भ्रष्टाचारमा लिप्त गोलबजार न.पा का मेयरको बिरोध गरेकै कारणले म माथि राजनैतिक प्रहार भएको छ ।” उनले आफ्नो पसलमा गैरकानुनी तरिकाले छापा मारिएको भन्दै मेयर माथी आक्रोश पोखेका छन । महतोले आफू सदैव कालाबजारी र भ्रष्टाचारीको बिरोधि भएतापनी उल्टै आरोप लाग्नु दु:खद भएको बताए । जति जाल झेलगरे पनि आफ्नो जित हुने दावी समेत महतोको रहेको छ ।
मारुती सिमेन्ट ८ सय २० रुपैयामा बिक्री गरेको भ्याट बिल रहदा पनि जेठ ७ गते राति गुण्डाशैलीमा आफनो पसल सिल गरेको उनको आरोप रहेको छ । महतो ले भने ” जेठ ७ गते राती सिमेन्ट र रड बिक्री गरिरहेकै अवस्थामा गोलबजार नगरपालिका, उद्योग ब्यापार संघ, प्रहरी प्रशासन, जिल्ला उद्योग बाणिज्य संघको टोलीले मारुती सिमेन्ट ८ सय ३० मा बेचेको भन्दै पसल सिल गरे।”
यता सिल लगाएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँईले आवश्यक अनुसन्धान भईरहेको र कालो बजारी गरेको वा नगरेको ठहर भएपछी मात्र सफाई पाउने बताएका छन । साथै महतो १ लाख धरौटीमा रिहा गरिएको जिल्ला अधिकारी ले जानकारी दिए ।
नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति सिरहाले प्रेस बिज्ञप्ती जारी गर्दै भनेका छन कि “कुशवाहा अतिथि सदन गोलबजारको लागि कुनै प्रोजेक्टवाला मारुती सिमेन्ट खरिद गर्न समितिले कुनै पनि स्थानिय तह, जिल्ला प्रशासन कार्यालय सिरहा, मारुती सिमेन्ट लि. र सुशिल हार्डवेयर गोलबजारसंग सिफारिस तथा खरिद गरेको आरोप निराधार हो ।” साथै झुठो आरोप लगाउने उपर कडा कार्यवाहीको माँग समेत प्रेस बिज्ञप्ती मार्फत गरिएको छ ।