०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

गणतान्त्रिक व्यवस्था आफैंमा उत्कृष्ट व्यवस्था हो : डा.राउत

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१५ जेठ । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा सीके राउतले आज १३औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गदै डा राउतले भने गणतन्त्र मधेशको रगतमै रहेको बताए ।

उनले दिदै भने २७०० वर्ष अगाडी जतिबेला अधिकांश विश्वलाई गणतन्त्र भन्ने थाहा पनि थिएन । त्यतिबेला मधेशमा वज्जि (वृजि) गणतन्त्र र जनताको आफ्नै शासन रहेको थियो।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ – ‘पटक–पटक त्यो गणतन्त्र र जनताको शासन राजा–रजौटा र सामन्तहरूद्वारा खोसिए पनि जनताले आखिर कहाँ छाड्छ र ? गणतन्त्र मधेशको रगतमै छ ।’

गणतन्त्रमा आम–जनताको छोराछोरी राष्ट्राध्यक्ष बन्न पाउँछन्, यो नै सबभन्दा ठूलो गर्व र अतुलनीय उपलब्धिको कुरा रहेको उनले बताए ।

‘कस्ता मान्छे बने र के गरे, त्यो तपाईं हाम्रो हातमा छ किनकि आखिर चयन गर्ने र गरेको त तपाईं हामीले हो । गणतान्त्रिक व्यवस्था आफैंमा उत्कृष्ट व्यवस्था हो। यो ’जनता जनार्दन’ भनाईको प्रतिमूर्ति हो ।’ डा.राउतले शुभकामना सन्देशमा लेखेका थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]