०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

राष्ट्रघात देउवा र ओलीले गरे, कुनै मधेशीले हैन : राजेन्द्र महतो

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

मनोज बनैता
सिरहा १६ जेठ ।
 राष्ट्रिय जनता पार्टीका शिर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा माथी राष्ट्रघातको आरोप लगाएका छन।

एक रेडियोद्वारा सञ्चालित नेपाली बहस कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै नेता महतोले नामै किटेर देउवा र ओलीमाथी आरोप लगाएका छन । उनको अनुसार महाकाली सम्झौताको बेला केपी शर्मा ओली र शेरबहादुर देउवा ले नै सहिछाप गरेका थिए कुनै मधेशीले होईन ।  उनको प्रश्न छ “आखिर २०५३ सालमा भएको महाकाली सन्धिमा यो मुद्दा  किन दबाईयो?”

सिमाको विवादसँग जोडिएको महाकाली नदीको मुहानबारे बेवास्ता गरी सन्धी टुंगो लगाउन तत्कालिन नेकपा एमालेका नेताहरु नै लागिपरे जो अहिले शक्तिमा छन् । मुहान टुंगो नलगाई सन्धी गरिंदा सिमाको विवाद अहिलेसम्म थाती रहेको छ । यसले नेपाल र भारतबीच सम्बन्धमै समस्या आउने महतोको निष्कर्ष रहेको छ ।

महतोका अनुसार भारतसँग महाकाली सन्धी गर्ने बेला तत्कालीन एमालेका नेताहरू माधवकुमार नेपाल, खड्गप्रसाद ओली, विद्यादेवी भण्डारीसहितका नेताहरूले समर्थन जनाएका थिए तर तत्कालीन एमालेका नेताहरू बामदेव गौतम, सीपी मैनाली, आरके मैनालीलगायतले विरोध गरेर पार्टी नै विभाजन गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]