०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ४९६

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१६ जेठ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो ।

नयाँ सङ्क्रमितमा सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरास्थित क्वारेन्टिनमा रहेकी एक ५० वर्षीया महिला, सर्लाहीको कोडैना गाउँपालिकास्थित क्वारेन्टिनका दुई पुरुष, मलङ्गवाकी एक महिलासहित दुई गरी सर्लाहीबाट चार जना थपिएका छन् ।

त्यस्तै, रौतहटको राजपुर नगरपालिकाको फरहदवास्थित क्वारेन्टाइनको ५० जना, बोधीमाइ नगरपालिकाको सरमझुवा क्वारेन्टाइनका दुई जना, मौलापुरको छ जना र इशनाथ नगरपालिकाको डुमरिया माविस्थित क्वारेन्टाइनको दुई महिलासहित १५ गरी रौतहटबाट ७३ जना, बाराको पचरौटा गाउँपालिकाको चार जना, पर्साको जिराभवानी गाउँपालिकाबाट एक र पोखरिया नगरपालिकाबाट आठ जना गरी नौजना कोरोना सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो समयमा सङ्क्रमित थपिएपछि सप्तरीमा ३४, सर्लाहीमा ४५, धनुषामा ४२, रौतहटमा १८२, बारामा ५३ र पर्सामा ९८ जना सङ्क्रमितको सङ्ख्या पुगेको छ भने सिरहामा १४ र महोत्तरीमा २३ जना गरी सङ्क्रमितको सङ्ख्या ४९६ पुगेको हो । सोमध्ये ९८निको भएर घर फर्केका छन् ।

स्वाब र क्वारेन्टाइन

यस प्रदेशमा अहिलेसम्म ११ हजार ६२६ को स्वाबको नमूना सङ्कलनको नमूना सङ्कलन गरिएकोमा आठ हजार ९७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १५४ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले बताउनुभयो ।

यस प्रदेशमा भारतबाट फर्कनेको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनको सङ्ख्या पनि थप गरिएको छ । यस प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा क्वारेन्टाइनको सङ्ख्या ३४२ रहेको छ भने श्ययाको सङ्ख्या २२ हजार ५१० रहेको छ । होम क्वारेन्टाइनमा छ हजार १८९ जना र आइसोलेसनमा २३६ जना बसेका छन् । आइसोलेसनमा श्ययाको सङ्ख्या ६६५ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]