१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

जटहि नाका मृत्यु भएका बिरेन्द्रलाई शहीद घोषणा गर्न माग

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१७ जेठ । सरकारी लापर्वाहीकै कारण धनुषाको शहीद नगरपालिका ९ का बिरेन्द्र यादवको सीमा नाकामै ज्यान गुमाउनुपरेको भन्दै उनलाई शहीद घोषणा गर्नुपर्ने माग गरिएको छ । गत बुधबार धनुषाकै जटही नाकामा ३० बर्षीय यादवको मृत्यु भएको थियो ।

पूर्व सांसद शिबधारी यादव नेतृत्वको नेपालि काङ्ग्रेस महासमिति सदस्य सुधिर गोइत , साधु यादव ,युवा नेता शैलेन्द्र चौरवार ,रुपेश यादव ,सरबजित यादव एवं परिवारजनले शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

उनीहरुले क्षतिपूर्ती उपलब्ध गराउँदै यादवलाई शहीद घोषणा गर्न पनि उनीहरुले माग गरेका हुन् ।

भारतबाट आउने क्रममा लामो समयदेखि खाना खान नपाएका उनको बेहोस भएर मृत्यु भएको थियो ।

बेहोस भएपछि आफ्ना परिवारजनलाई यादवले फोन गरेर बोलाएका थिए । उनका भाई धीरेन्द्रसहितका केहि व्यक्ति उम्बुलेन्स लिएर गएपनि उनलाई समयमा ल्याउन नदिँदा मृत्यु भएको भन्दै उनीहरुले परिवारजनलाई क्षतिपूर्ती दिई शहीद घोषणा गर्न माग गरेका छन् ।

बीरेन्द्रकै परिश्रमबाट परिवार चल्दै आएको र उनको मृत्युपछि परिवार समस्यामा परेकाले उनीहरुको भरणपोषणको जिम्मा लिन पनि सरकारसँग आग्रह गरिएको छ ।

प्रधानमन्त्री, मुख्यमन्त्री समेतलाई बोद्यार्थ राख्दै बुझाइएको ज्ञापनमा माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

यसैबीच शहीद नगरपालिकाले उनको परिवारजनलाई रु १ लाख सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नगरपालिकाले मृतक यादवको परिवारलाई रु १ लाख सहयोग उपलब्ध गराउने बताएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]