१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रत्यासी वडाध्यक्ष गोहिवारमाथी मिर्चैया प्रहरीको बक्रदृष्टि

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

दिनेश्वर गुप्ता, लहान, १९ जेठ । सिरहाको मिर्चैया ३ मा घुमुवा प्रहरीको आतंकले स्थानीयवासी त्रसित छन् । मिर्चैया नगरपालिका वडा नम्बर ३ बलुवामा जेठ १८ गते राती काँग्रेस र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो । विवाद पश्चात एक अर्कामाथी प्रहरीमा जानकारी दिएको थियो । प्रहरीले विवादमा संलग्नलाई खोजतलास गर्नुपर्ने हो ।

तर, जनप्रतिनिधिहरुको दवावमा घुमुवा प्रहरीले राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता खगेश्वर गोहिवारलाई मानसिक तनाव दिँदै आएको छ । प्रत्यासी वडाध्यक्ष समेत रहेका गोहिवारलाई विना कसुर प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिकार गरी उनलाई रोकेका छन् । प्रत्यासी वडाध्यक्ष गोहिवार भन्छन् — ‘म खेतमा काम गरिरहेका थिए ।’ ‘तीन घुमुवा प्रहरी मेरो घरमा आएर नाना थरीको क्रियाकलाप गर्न थाले ।’ ‘केही छिनमा म खेतबाट घर आए ।’ ‘घुमुवा प्रहरीले चारैतीरबाट तनाव दिन थाले ।’ ‘केही छिनमा प्रहरी भ्यान आयो ।’ ‘मलाई जबजस्ती भ्यानमा कोच्न थाले ।’ ‘स्थानीयले किन के कारणले निर्दोष मान्छेलाई लैजान खोजेको हो भन्दै प्रहरीको नियन्त्रणमा जान नदिएको हो ।’ घुमुवा प्रहरी रोहित, शत्रुधन मण्डल र बबलु भनिने गोहिवारलाई तनाव दिन गएका थिए ।

प्रत्यासी वडाध्यक्ष गोहिवारलाई प्रहरीले पटक पटक तनाव दिँदै आएको छ । यसवारे ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवारसंग मोवाईल नम्बर ९८५२८३४३४२ मा पटक पटक सम्पर्क गर्दा फोन उठाउँनु भएन । मुस्कानसहित प्रहरी सेवा भन्छन् । यहाँ राजनीतिक प्रतिशोधको कारण पटक पटक प्रत्यासी वडाध्यक्ष गोहिवारलाई मानसिक तनाव दिने गरेको स्थानीयहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]