१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

भोकले सिमामै ज्यान गुमाएका विरेन्द्रलाई सहिद घोषणा गर्न नेता अरगरियाको माग

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

मनोज बनैता
सिरहा, १९ जेठ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं धनुषा निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले भोकभोकै ज्यान गुमाएका बिरेन्द्र यादवलाई सहिद घोषणा गर्न माग गरेका छन ।

कोरोना महामारीका कारण नेपाल सहित विश्व अक्रान्त रहेको अवस्थामा मिति २०७७ जेठ १४ गते बुधबारका दिन भारतबाट नेपाल आउन लागेका धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र गुरमैता यादवको धनुषाको जटही नाकामा भाेकभाेकै मृत्यु भएकाे भन्दै १९ गते बसेको प्रतिनिधि सभा बैठक मार्फत नेता अरगरियाले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन ।

उनले भने “धनुषाको जटही नाकामा भारतबाट आउने नेपालीहरुको उचित ब्यवस्थाप गर्न नसक्दा ज्यान गएको हुंदा घटनाको छानविन गरि दोषि माथि कारवाही गर्न मांग को साथ साथै मृतक लाई सहिद घोषणा गर्न माग गर्दछौं ।” साथै धनुषा जिल्लाको जटही नाका र खजूरी नाका अविलम्ब सुचारु गरेर सर्व साधारण जनतालाई आफ्नो जन्म स्थल (घरमा ) सकुशल आउनको लागि वातावरण सिर्जना गर्न समेत नेता अरगरियाले जोडदार माग गरेका छन ।

उनले मृतक प्रति हार्दिक श्रध्दाञ्जलि ब्यक्त गर्दै दुःखद घडिमा मृतक परिवारलाई धैर्य धारण गर्न माता जानकी संग प्राथना गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]