मुकेश कुमार यादव
लहान, १९ जेठ । सिरहा बरियारपट्टी गाउँपालिका १ बरहरी र भारतको पिपराही बिचको दसगजा क्षेत्रमा केही कामदार अलपत्र परेको खबर छ । अलपत्र परेका कामदार भारतिय भएको र तिनीहरु इट्टटाभठ्ठा काम गर्ने सिलसिलामा नेपालमा रहदै आएको बुझिएको छ ।
स्रोतअनुसार अलपत्रमा परेकाहरु सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका टोल पर्सा स्थित जय हनुमान इटाभठ्ठा काम गर्दै आएका थिए । भट्ठा साहुले तिनीहरूलाई दसगजा मा छोडेर भागेको एक पीडित रोहितको आरोप रहेको छ । उता भट्ठा साहु संग सम्पर्क गर्दा उनीहरू आफै त्यहाँ पुगेको बताउँछन् ।
अलपत्रमा परेका भारतिय मजदुरलाई समाजवादी बिद्यार्थी युनियनका प्रदेश सदस्य उमेश कुमार साहको नेतृत्व र सहयोगमा भोजनको ब्यवस्था गरिएको छ । बिद्यार्थी नेता साहका अनुसार पीडित मजदुर भोकमरीको शिकार हुनु नपरोस भनेर खानाको ब्यवस्थापन गरिएको छ । भोलि मात्र ती पिडितहरुलाई गन्तव्य तिर पुर्याईने स्थानीयले बताए ।