११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

शुक्रबारदेखि वीरगञ्जको बजार खुल्ने

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

विरेन्द्र कर्ण
विरगंज,२२ जेठ । विगत लामो समयदेखि लाग्दै आएको लकडाउनका कारण अर्थतन्त्रमा परेको असरलाई ध्यानमा राखी स्थानीय प्रशासनले भोलि शुक्रबारदेखि जोरबिजोर प्रणालीअन्तर्गत वीरगञ्ज बजारको पसल खोल्न अनुमति दिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको जिल्ला सङ्ंकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

बैठकले जोर गतेका दिन कपडा, शृङ्गार पसल, इलेक्ट्रिक, इलेक्ट्रोनिक्सलगायतका पसल बिहान ११ देखि दिउँसो ४ बजेसम्म तथा विजोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस्, अटो वकर्स, भाडा बर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ देखि दिउँसो ४ बजेसम्म खोल्ने निर्णय गरेको छ ।

यसैगरी सो बैठकले माछा, कुखुरा तथा सोको दाना, पशु आहारा, खाद्य, किराना, कृषि उत्पादन, मल बीउ, सिमेन्ट, डण्डी, जस्तापाता, कोइला, विटुमिन तेल, क्लिङ्कर, निर्माण सामग्रीलगायतका वस्तु हरेक दिन साँझ ७ बजेपछि मात्र ढुवानी गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले सिनेमाहल, जिमखाना, होटल, रेष्टुरेन्ट, चिया पसल, मिठाइ पसल, मदिराजन्य पसल, सैलुन, मठमन्दिर, मस्जिद, गुम्बा, मानिसको भीडभाड हुने स्थल, सार्वजनिक बस, रिक्सा, टेम्पु, मोटरसाइकल, साइकललगायतका पास नभएका सम्पूर्ण सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले पसल व्यवसाय सञ्चालन गर्दा अनिवार्यरुपमा भीडभाड हुन नदिन तथा उपभोक्ताबीच कम्तीमा तीन फिटको दूरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने, व्यवसायी र ग्राहकले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने, बैंक, वित्तीय संस्था तथा पसलमा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]