रंजित चौरसिया
बीरगंज,२३ जेठ। पर्साबाट श्रोत नखुलेको २२ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
बहुदरमाई नगरपालिका ५ भौराटारका २० वर्षीय प्रकाश साहलाई २२ लाख ४६ हजार स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो । उनलाई छिपहरमाई गाउँपालिका–४ बञ्जारीबाट पक्राउ गरिएको हो । ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
मोटसाइकलको ट्यांकीमा बनाइएको ‘फल्स बटन’ भित्र हजार, पाँच सय, एक सय र ५० दरका नोटहरु बरामद भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिश्वाले जनाएको छ । रकमको श्रोत खुलाउन नसकेकाले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको भनाइ छ ।
सशस्त्र प्रहरीले बरामद रकमसहित साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको छ ।