बिराटनगर , २४ जेठ । भारत नेपाल बीच कालापानी सहित लिपुलेक क्षेत्रमा देखिएको सिमा विवाद पछि नक्शालाई लिएर राजनीतिक रुपमा बिवाद देखिएता पनि जनतामा कुनै बिवाद नहुने कुरा भारत नेपाल सामाजिक संस्कृति मंचका अध्यक्ष राजेश कुमार शर्माले बताउनुभयो ।
मंचको अध्यक्ष राजेश शर्माले भारत नेपालमा पर्ने करिब ६ हजार नदीनालाले सिमालाई निर्धारण गरेकोले त्यहाँ कुनै स्थायी र स्थिर दुबै देश को राजनीति परिवर्तन भएपनि सिमानामा बस्ने दुबै देशको जनतालाई संसदमा पेस गरिएको नक्शाले कुनै फरक पार्दैन ।
एउटा कुरा सत्य छ कि सिमाना बिवाद समाधान नकि दिल्ली वा काठमाडौले गर्छ किनकी सिमावर्ती एक आपसी बेटि रोटीको घर परिवारको सम्बन्धमा बाधिएको छ ।सीमा विवाद र समाधानको बाटो दुबै देशको जनताको मनमा छ ।
शर्माका अनुसार भारत नेपालको बीच सम्बध मात्रै सम्बन्धको लागी न भै यो संबंध बेटी (रोटी) धर्म संस्कार सित जुडेको छ ।दुबै देश के बीच को सम्वन्ध यति मधुर र गहिरो छ कि बिश्वमा परिचय दिनुपर्दा भारत नेपाल को संबंध बिवाह र रक्षा बंधन को हो, चाड पर्वको, ब्यापार ब्यवसायको हो ।
भारतमा करीब ३० लाख भन्दा बढी नेपाली नागरिक बस्छन् जसलाई भारतीय सेनामा प्रवेश, सीमामा बिना कुनै पहचान–पत्र र दस्तावेज प्रवेश पाई भारतमा घर बनाउनसम्म अधिकार छ ।
नक्सामा दिखाइएको अनुसार ठाउँहरु कालापानी क्षेत्रमा बस्ने जनतालाई थाहा छैन की भारत र नेपाल बांडने सीमा कहां छ ।
सुगौली संधिलाई मान्ने हो भने नेपालले कूटीयांग्ती को काली नदीलाई मानेको छ भने भारत को काली नदी को बहावलाई मानेको छ जो कालापानीबाट निस्केको छ । भारतले दावा गरेको १८७५ को नक्शामा काली नदी को उद्गम कालापानीको पुर्वमा देखाइएको छ । यस क्षेत्रमा कालो चट्टानको कारण नदीको रंग कालो जस्तो देखिन्छ, त्यसैले नदी को नाम काली रखिएको हो ।
कुल मिलाएर सुगौली संधि काली नदीमा आधारित छ । यो संधि को अनुसार नै नदीले भारत र नेपाल को सीमा छुट्याउने गर्छ । भारत र नेपाल दुवै देशको लागि यो नदीको धेरै महत्व राख्छ। काली नदी कालापानीबाट निस्किन्छ जहां एक मंदिर छ। प्रत्येक मानसरोवर यात्री कालापानीमा विश्राम लिन्छन् अनि मंदिरमा दर्शन गरेर दान–पुण्य गर्छन् । यो ठाँउ यस्तो छ कि मानिसले बिश्वास गर्छन् गंगा यमुना को उद्मम स्थल गंगोत्री और यमुनोत्री हो भनेर।तरपनि कालापानीमा भारत नेपाल सीमा विवाद भइरहेको छ किनभने यहां कुनै सीमा स्तंभ छैन ।