०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

भोकमरिको डरले लकडाउनमा प्रदेश सांसद किसानसंगै धान रोपाईमा व्यस्त

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

अंगद यादव
नवलपरासी पश्चिम ,२४ जेठ। नवलपरासी पश्चिमका प्रदेश सांसद अजय शाही देखि लिएर किसानहरु यतिबेला धान रोपाईमा व्यस्त देखिएका छन् ।

चलिरहेको धान खेतीको मौसममा किसानहरु धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनले रोजगार गुमेसंगै भोकमरी पनि हुनेहो कि भन्ने चिन्ताले किसानहरु यसबर्ष झनै धानखेती तर्फ केन्द्रित भएका छन् ।

लकडाउनमा मल पानी मजदुरको समस्य भएपनि भोकमरीको डरले किसानहरु लगायत हामी धान रोपाइँमा व्यस्त रहेको नवलपरासी पश्चिमका प्रदेश सांसद अजय शाही बताएका थिए ।

विश्वभरि कोरोना भाईरसको माहामारीले देशमा जारी लकडाउन कहिलेसम्म खुल्ने भने यकिन नहुँदा किसानहरु आत्मनिर्भरता तर्फ ध्यान दिएका छन् । लकडाउनले ज्याला मजदुरी गरि खाने कामदारा सहितका अधिकांश कामदारहरु बेराजगार भएकाले खेतीपातीलाई प्राथमिकतामा राखी धान रोपाई तिर लागेका छन् । जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर सुस्ता गाउँपालिका, रामग्राम र बर्दघाट नगरपालिका किसानहरु जिल्लामा छिटो रोपाई गर्ने गर्दछन् ।

धान रोपाई गर्ने बेला भैसक्यो खेतमा धानको विउ तयार छ तर प्रशस्तमात्रा कामदार, पानी र मलखाद नपाइएकाले धान रोपाईमा समस्या भैरहेको सुस्ताका किसान नन्दलाल गुप्ताले जानकारी दिए । उनका अनुसार आवश्यक मात्रा बर्षा पनि नभैरहेको, नहरमा अहिलेसम्म पानी पनि नआएकाले किसानहरुले रोपाईका लागि खेत तयार गर्न बाध्य भई प्रति घण्टा ३ सय रुपैया तिरेर बोरिङ्गबाट पानी खरिद गरि खेत रोपाई गरिरहेको बताए ।

एका तिर सिमा बन्द भएका कारण सिमावर्ति किसानहरुले समयमा धानको बिउ खरिद गर्न पाएनन् अर्को तर्फ खेतीको बेला भईसक्दा पनि अझै किसानहर समयमा मलखान र किटनाशक औषधीहरु नपाउँदा खेती गर्न समस्या भैरहेको कृषक हकहित संरक्षण मन्चका अध्यक्ष शम्भु उपाध्यायले गुनासो पोखे । कोरोना माहामारीले रोपाईका लागि भारतबाट कामदार पनि ल्याउन सकिएन र अहिले धान रोपाईका लागि प्रशस्त मात्रामा कामदार पनि नपाईरहेको अवस्थामा किसानहरुलाई खेती गर्न झनै कठिनाई भैरहेको उपाध्यायले जानकारी दिए ।

जिल्लामा समयमै धानको बिउ, मलखाद उपलब्ध नहुँदा अधिकांश किसानहरु धानको विउ,मलखाद, औषधी र कामदारसमेत भारतको सिमावर्ति क्षेत्रबाट भित्राउने गर्दथ्ये तर लकडाउनले सिमा बन्दका कारण उनीहरुलाई समस्या भएको बताए ।

जिल्ला धान खेतीको पकेट क्षेत्र हो । जिल्ला तराई क्षेत्र भएकाले यहाँ समथर जमिन र खेतमा उर्वरा शक्ति बढि छ । जिल्लामा करिब ३० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । यहाँ धानका लागि अनुकुल मौसम रहने हुँदा उत्पादन पनि निकै हुने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]