११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

मलखादको नाममा ब्रहम्लुट, बलानबिहुलका किसान चरम मारमा

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

रासिन्द्र यादव, सप्तरी, २६ जेठ । लकडाउनमा केही ब्यापारीहरुको मनपरीले गर्दा कालोबजारीको अवस्था कहालीलाग्दो छ। धान रोपने बेला मलखादको कालोबजारीले बलानबिहुल गाउपालिकाका किसान मारमा परेका छन । २१ सय पछत्तर रुपैयाँ ५० पैसा पर्ने मलमा अधिकतम १०० रुपैया लोडअनलोड जोडी लिन सकिने डिएपी मल बलानबिहुल स्थित पसलहरुमा २८ सय देखि ३५ सय सम्म बिक्रीवितरण गर्दैगरेको व्यापक गुनासो आउन थालेको छ । हल्का वर्षा पछि उत्साहित भएका किसानलाई खेत रोप्न सास्ती भोग्न बाध्य बनाईएको छ ।

बलानबिहुल गा.पा १ का किसान बिन्दी यादवको अनुसार उनले २७ सय पचासमा चन्हीचौकको गया प्रसाद गुप्ताको पसलबाट किनेका छन । यादवले भने  ‘मलखादको कृतिम अभाव सृजना गरिएको छ । लकडाउनको बहानामा कालोबजारी बढ्दो छ । गाउपालिका को बजारमा एक त मल पाउदैन पाए पनि उच्च मुल्य तिरी किसानले किन्नुपर्ने बाध्यता छ ।’

त्यसैगरी उक्त गा.पा २ बस्ने रामपुकार मण्डलले पनि गया प्रसादकै पसलबाट २९ सयमा किनेका छन । मण्डल ले भने ‘मलाई साहुजी ले ३ हजारमा बेच्छु तर तिमीलाई २९ सयमा दिन्छु ।’ त्यस्तै गा.पा १ कै रामबिहारी यादवले पनि त्यही पसलबाट २८ सयमा किनेको बताएका छन । मल्हनियाका एक युवा नाम नबताउने शर्तमा भने कि उनले त्यही पसलबाट ३ हजार तिरी एक बोरा ल्याए ।

विभिन्न कृषि सहकारीबाट लगभग २२ सय मा खाद ल्याई चन्हीको केहि पसलहरुमा २७ देखि ३५ सय सम्ममा बिक्रि बितरण भईरहेको ब्यापक गुनासो आएतापनी सरोकारवाला निकाय मौन देखिनुले स्थानीय नेता रामेश्वर यादव, अगिन्धर यादव, धनबिर यादव, घुरण मुखिया, जुरीलाल यादव, कारी चौधरी, राजकुमार यादव लगायतले आक्रोस ब्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]