०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

साह दम्पतिद्वारा २ सय ५० परिवारलाई निःशुल्क खाना

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ जेठ। जनकपुरधामका एक दम्पतिले लकडाउनका कारण समस्यामा परेका २ सय ५० परिवारलाई निःशुल्क खाना खुवाएका छन् ।

जनकपुरधाम उप महानगरपालिका ७ निवासी रामनारायण साह र चन्द्रकला देवीले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई खाना खुवाएका हुन् । जनकपुरधामको बिभिन्न ठाउँका विपन्नलाई दुबैले खाना खुवाए ।

रामजानकी तेली कुट्टीद्वारा जनकपुरधाममा संचालित निःशुल्क भोजन शिविर प्रारम्भ गरिएको छ । यो शिबिरमा मनकारी मनले विपन्नका लागि प्रत्येक दिन खानाको व्यवस्था गर्दै आइएको छ । सोमबार ११ औँ दिन साह दम्पतिले खानाको जोहो गरेका हुन् ।

साह दम्पतिले मनकारी मन भएका व्यक्तिलाई विपन्नका लागि सहयोग गर्न आह्वान समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]