११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

‘उदारता र महानता’ को अर्को नाम डा. बाबूराम हो : मृगेन्द्र सिंह यादव

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

मनोज बनैता, सिरहा, २७ जेठ। जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा बाबुराम भट्टराई नै भएको कुरा जसपाका नेता मृगेन्द्र सिंह यादवले बताएका छन ।

नेता भट्टराईको नाम पार्टीमा नेपालको राजनीतिमा विभिन्न अडकलबाजी भईरहदाँ नेता यादवले संघिय परिषद्को अध्यक्ष वहाँ नै हुने स्पष्ट परेका हुन् । यादवले भने ‘आज उदारता र महानताको अर्को नाम डा.बाबुराम भट्टराई भएको छ । पद र मर्यादाले मान्छे ठुलो हुँदैन भन्दै नेता भट्टराई ले दिन खोजेको सन्देशले मधेस लगायत समग्र देशमा उनको लोकप्रियता बढेको छ ।

यादवको अनुसार नेता भट्टराईले पछिल्लो चरणमा समाजवादी पार्टीसँग एकता गरेर देखाएको साहस अद्भुत छ । वहाँको बौद्धिकताले गर्दा पार्टीले संगठन र मुद्दा पाएको छ साथै मधेसवादीहरुले बौद्धिकता र कुशल रणनीतिकार पाएको छ ।
दोस्रो निर्वाचन पश्चात्त देशलाई नेतृत्व दिने वैकल्पिक शक्ति बन्छ भन्नेमा कुनै द्विविधा नरहेको यादवको भनाई रहेको छ ।

बरिष्ठता, सन्तुलन र पार्टीको समान हैसियतका आधारमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष बनाइएको र समावेशिताका लागि अशोक राईलाई तेस्रो बरियतासहित बरिष्ठ उपाध्यक्ष बनाएको नेता यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]