०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

नाकामा विश्रास्थल सहित खानाको व्यवस्था

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

प्रकाश पाठक
जनकपुरधाम ,३१ जेठ।जुन २तारिक अर्थात जेठ २०गते भारतको राजधानी न्यू दिल्ली स्थित रहेको नेपाल दूतावासले प्रेस विज्ञप्ति जारी गरि नेपाल फर्कन चाहने नेपालिहरुकोलागि २० वटा सिमानाका खोलिएको जानकारी गराए ।२० वटा नेपालको नाका सीमा बिन्दुको सूची बद्ध गरे जुन नेपालीहरुलाई आफ्नो घर फर्कन खुल्ला हुनेछ भन्दै दुतावासले विज्ञप्ति मार्फत जानकारी दियो ।

२० वटा नाका मध्ये महोत्तरी जिल्लाको भिट्ठामोड नाका सबै भन्दा महत्वूर्ण सीमा नाकामा देखाइएको छ । भिठ्ठामोड भारतको बिहारका दुई ठुला शहरहरुको नजिक पर्दछ भने नेपालको धनुषा महोत्तरी र सिन्धुलि जिल्लाका मानिसहरुलाइ नेपाल छिर्न यहि नाका सहज हुन्छ । जसकारण धनुषा महोत्तरी सिन्धुली र नजिकका अन्य जिल्लाका प्रयः सबै नागरिक हरुले यो सीमा नेपाल भित्रन प्रयोग गर्नेगरेका छन् ।

लकडाउन अघि भिठ्ठामोड नाकाबाट दैनिक हाजारौ मानीसहरु भारत र नेपाल छिर्ने गर्थे र सयौ मालबाहक ट्रकहरु नेपाल भित्रीने गर्दथ्यो । तर मुलकनै लकडाउन भएपछि आवजावत केहिदिन पुर्णरुपेन रोकियो तर सरकारले पछिल्ला समय नेपाल आउन चाहने नागरीकलाइ सरकारले विभिन्न नाकाबाट नेपाल भित्र्याउन थालेपछि भारतबाट नेपाल फर्निनेको नाकामा ठुलै लाम हुनेगर्दछ । तर सरकारले भिठ्ठामोड नाका नेपाल भित्रिनको लागि खोलेपनि भारतीय पक्षबाट अझै अवरोध भने कायमै छ ।जसकारण नेपालीहरु सहज ढंगले नेपाल प्रवेस गर्न पाएका छैन्न ।

नाका खोलिएको करिब १२ दिन बितिसक्दा भारतीय पक्ष बाट नेपाल भित्रिनको लागि भिठ्ठामोड नाकाको मुल गेट भने अझै बन्द छ ।जसकारण सरकारले मुलनाकाबाट छिर्न भनेपनि भारतिय अवरोधका कारण नेपालीहरु चोरबाटो भएर छिर्न बाध्य छन् ।भारतिय सिमामा खटिएका एसएसबीसंग नाकाको मुल गेट सरकारले खोल्न भनिएपनि किन नखोलिएको भन्दै प्रश्न गर्दा नेपालीहरुमाथि पहिला जाइलाग्छन अनी भन्छन्‘ हामिलाई सार्बजनिक रूपमा सीमा खोल्ने सम्बन्धमा आफ्ना वरिष्ठ अधिकारीहरू बाट कुनै आधिकारिक सुच्ना प्राप्त नभएको कारण आफुहरु नाका बन्द गरेका छौ ।’नाका खोलिएपछि यस नाकाबाट दैनिक १०० देखि २०० जना नेपाल प्रवेश गर्दैछन् तर उनीहरुले रातको अन्धकारमा कृषि क्षेत्रबाट लुकीछुपि नेपाल प्रवेश गर्नु पर्दछ ।
तर नेपाल छिर्ने नेपालीहरुको कष्ट नेपाल छिर्ने बितिकै समाप्त हुँदैन ।

सरकारले बोर्डरमा हेल्डिङ स्टेसन,खाना,खाजा, आदिको व्यवस्था नगरेका कारण उनीहरु कहिलेकाँहि भोकसंग लड्दै खुलाआकासमुनी समय कट्न बाध्यहुन्छन् ।नेपाल छिरेपछि उनीहरुलाइ आफ्नो पालिकाको गाडि नआएसम्म बोर्डरको खुला आकास मुनी समय काट्नुपर्छ ।

सिमामा आराम गर्न त परै जावोस बस्ने ठाउँ पनि छैन नगरपालिकाबाट ट्रक र ट्राकटर को रुपमा गाडीकोलागि पर्खिएर अलपत्र रुपमा घण्टौ सम्म बस्नुपर्छ । उनीहरूको कठिनाई को बारेमो सोद्धा एकले भने ‘गाडीको लागि दीनभरी चर्को घाममा कुर्नु पर्छ,सीमा नाकाको अवस्था हेरेर घर फर्केर पछुतो गरे ।’

सिमामा केही मानिसहरूले बिस्कुट चाउचाउ र पानीको साथ सबैलाई मदत गर्ने प्रयास गरे तर उनीहरुको आश्रय भने टाढाको सपनानै थियो । त्यसपछि सानो पाइलाले जलेश्वर अस्पतालको आइसोलेसान वार्डमा भर्ना भएका हरुलाई खाना खुवाउन थालेपछि सानो पाइलाले पकाएको खाना अस्पताल को साथसाथ सिमानामा अलपत्र परेका लाई पनि खाना खुवाउने सुरुगर्यो ।

सिमामा विश्राम अस्थल र खानाको व्यवस्था
हामीले नेपाल छिर्नेहरुका लागि विश्राम केन्द्र स्थापना गर्न जलेश्वर नगरपालिकाको वडा नं ३ का वडा अध्यक्ष सञ्जय पाण्डेसँग बैठक गर्यौ वहाँ सहमत हुनुभयो । त्यसपछि सानो पाइलाका प्रकाश पाठक र सञ्जय पाण्डेयको सहयोगमा ३ दिनमै विश्राम केन्द्र स्थापना गर्यौ । खानाको लागि पर्कौली स्थित रहेको दामोदर एकेडेमी मा सानो पाईलाका सदस्यहरु र स्थानीय युवाहरुले भान्सा घर सञ्चालन गरिरहेका छन् ।

आहिले दैनिक नाकामा नेपाल छिर्ने र भारत जानेहरुको लागि दाल भात तरकारी सहितका पोसिलो खानाको व्यवस्था मिलाएका छौ । अहिले नेपाल छिर्नेहरुको लागि नाकामा खानेकुरा विश्राम अस्थल र शौचालयको व्यवस्था गरि उनीहरूलाई स्वागत गर्दै आएका छौँ ।आशा गर्दछौँ की यो शिविर भविष्यमा सामुदायीक संलग्नताको लागि एक उदाहरण होस । शिविर मा ३० वटा खाट, खाना खाने ठाउँ, मास्कस सेनिटैजेर ,थर्मल गन, शौचालय, हात धुने ठाउँ, साबुन, मनोरञ्जन का लागि लुडो र एक मदत डेस्क व्यवस्था मिलाएका छौ ।

अव हामी नाकाबाट घर फर्काउन बस सेवा पनि सुरु गर्दै छौ जसको व्यवस्था प्रदेश २ का मुख्य न्ययधिवक्ता दिपन्द्र झाले गर्नु भएको छ । बस सुचारु भएपछि जनतालाई आफ्नो नगरपालिकाबाट आउने गाडीको लागि घण्टौं कुर्नु पर्दैन ।लकडाउन सहज नहुन्जेलसिविरलाइ यस शिविरले नाकामा आउने सबैलाइ आवश्यक सहयोग गर्ने हाम्रो इच्छा रहेको सानो पाईलाका कानुनी सल्लाहकार राहुल झाले भने ।
लेखक महोत्तरीको दामोदर एकेडमी विद्यालयका संचालक हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]

कञ्चनपुर, १८ भदौ। जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ […]