११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

मधेशीले कति पटक अग्नि परिक्षा दिनुपर्ने हो यो देशमा? : राजेन्द्र महतो

Logo
प्रकाशित आइतबार, जेठ ३२, २०७७

मनोज बनैता
सिरहा, ३२ जेठ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसदमा प्रश्न गरे कि मधेसी समुदायले देशभक्ति र राष्ट्रवादी को लागि कति पटक अग्नि परीक्षा दिनुपर्ने हो? प्रत्येक मधेशी जनताले सेना भएर नेपाली भूमिको रक्षा गरेको छ भन्दै किन मेधेशीलाई राष्ट्रियताको पक्षमा बोल्दैन भनेको भनेर प्रश्न गरे । महाकाली सन्धी कसरी भयो ? पार्टी पनि फोडेर पारित कसले गर्यो ? ती राष्ट्रघाती होइनन् ? के मधेशीलाई राष्टघाती भन्ने ? उनको प्रश्न थियो ।

सबै नेपाली जनता आफ्नो भूमिप्रति सजग र सम्वेदनशिल छ भन्ने कुरा सबैलाई थाहा छ । यो कुरा व्यवहारले पनि देखाउन सक्नुपर्छ । राष्ट्रियताको सवालमा सबैले एकलौटी राष्ट्रियता देखाउने होईन बरु यसले त सबै नेपालीलाई समेटनु पर्ने हो ।

महतोले कता कता राष्ट्रियताको विषयमा मधेशीले पनि मत दिन्छ र ? भनी सोच कुण्ठाले भरिएको सोच भएको स्पष्ट पारे ।
उनले नक्साको विषमया मधेश केन्द्रित दलहरुले पनि प्रधानमन्त्री र सत्तारुढ दललाई पनि एकमत दिएकै हो । यसैबेला हामीले यो संविधानका प्रतिको असन्तुष्टि त राख्न पाउनुपर्यो नि । त्यसैले आफ्ना एजेण्डाहरुलाई समेट्नका लागि हामीले पनि अर्को विधेयक ल्याएका हौँ ।

उनले जनता समाजवादी पार्टीले वर्तमान संविधानप्रति अनेकन असहमतिका बाबजुत सहर्ष समर्थन गरेको बताए । आफ्नो देशको भूमिका लागि हामी पनि संवेदनशिल छौँ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]