मनोज बनैता
सिरहा, १ जेठ । सिरहाका एम्बुलेन्स चालकहरूले सरोकारवालालाई ज्ञापनपत्र बुझाएका छन । कोरोना भाईरसले फैलाएको महामारीको कारणले दिनरात खट्ने एम्बुलेन्स चालकहरू न्युनतम सुबिधा समेत नपाएपछि तनावमा छन । गाडीको लागि तेल, खाना लगायत बस्ने ब्यवस्थासमेत नहुदा चालकहरूमा असन्तुष्टि छाएको हो ।
विश्वभरी फैलिएको कोभीड १९ महामारी ले नेपालमा पनि उग्र रुप लिएको छ । यतिबेला स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत एम्बुलेन्स चालकहरुको पनि सराहनिय भुमिका रहेको छ । आ-आफ्ना घरबार छोडी दिनरात संक्रमीत ओसारपसार गर्ने एम्बुलेन्सका चालकहरुको समेत ज्यान जोखिममा छ ।
दिनै पिच्छे संक्रमित संग सम्पर्कमा आईराख्ने सिरहाका एम्बुलेन्सका चालकहरुको भने अवस्था बिजोग छ । स्वास्थ सुरक्षा सामग्री, बस्ने ब्यवस्था, गुणस्तरहिन खाना आदिको कारणले चालकहरूमा त्रास देखिएको हो । चालकहरुको सुरक्षा ब्यवस्थापन फितलो भएको भन्दै सगरमाथा एम्बुलेन्स चालक एसोसिएसन सिरहा ले चिन्ता व्यक्त गरेका छन ।
चालक संघ लाहानका सचिव दिलिप कुमार दासले स्थानिय निकाय लगायत सरोकारवालाको ध्यान केन्द्रित गर्न आईतवार ईलाका प्रशासन लाहानमा ज्ञापन पत्र बुझाएका छन । दासले भने “हामी पटक पटक सम्बन्धित निकायलाई गुहार्दापनि आउदै छ, हुँदैछ, हुन्छ भने किसिमको ढुलमुले कुरा आयो । तसर्थ हामी ज्ञापन पत्र बुझाएका हौं ।”