११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सप्तरीको चन्ही चौकीद्वारा भारी मात्रामा मदिरा बरामद

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

मनोज बनैता

सप्तरी, १ अषाढ । सप्तरीको बलान बिहुल गाउँपालिका स्थित चन्ही चौकीले तस्करी गर्न छलेर लगिरहेका मदिरा भारी मात्रामा बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार सुचना पाउने बित्तिकै चन्ही प्रहरी र प्रदेश प्रहरीले सिमेन्ट बोकेको ट्रयाक्टरमा भारी मात्रामा बोर्डर पारी लगिरहेको मदिरा बरामद गरेको हो ।

तस्करी गर्न लग्दै गरेको मदिरा बोकेको ट्रयाक्टरबाट नम्बर प्लेट हटाईएको पाईएको छ । चन्ही प्रहरीको अनुसार ट्रयाक्टर लगायत चालकलाई नियन्त्रणमा लिईएको हो । गोप्य सुचनाको अनुसार तस्कर ले आफ्नो राजनैतिक पहुँचको अधारमा ट्रयाक्टर सहित सामान छुटाउन लागेको हो । ईलाका प्रहरी कडरबोनालाई सम्पर्क को प्रयास गर्दा पनि नेट्वोर्क को ब्यस्तताले सम्बन्ध स्थापित हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]