मनोज बनैता
सिरहा, २ असार । बरिस्ठ नेता मा. राजेन्द्र महतो नाम को फेक टुइटर अकाउन्ट बाट मा. सरिता गिरी लाई पार्टीबाट निकालिने लगायत नेपालका तीन करोड गोर्खालीको सन्तान हो भने पोस्ट गलत साबित भएको छ ।
फेक आईडी बाट ह्याण्डल गरिएको उक्त पोस्टहरु व्यापक रुपमा सेयर गरिएको पाईएको छ । नेता महतोले आफ्नो अफिसियल अकाउन्टबाट भ्रामक समाचार लेख्ने र सेयर गर्ने माथि बिश्वास नगर्न आग्रह गरेका छन ।
जनता समाजवादी पार्टी को युवा नेता अनिल महासेठ ले फेक अकाउन्ट चलाउने को लागि कारबाही को प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । महासेठले भने कि ‘यसरी भ्रम सृजना गर्ने गराउनेलाई छिट्टै पहिचान गरि दण्डित गरिनेछ ।’