११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

चन्ही प्रहरीले मदिरासहितको गाडी चेतावनी दिएर छोडे

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

मनोज बनैता
सप्तरी,  २ अषाढ । सप्तरीको बलान बिहुल गाउँपालिका स्थित चन्ही चौकीले सोमबार भारी मात्रामा मदिरा बरामद गरेपनि भोलिपल्टै चेतावनी दिएर छोडेको छ । विषेश सुचनाको आधारमा प्रदेश प्रहरी र चन्ही चौकीका प्रहरी मिलेर एउटा नम्बर प्लेट नभएको ट्र्याक्टर चेकजाँच गर्दा सिमेन्ट, छड, भुजा, च्युरा संगै लुकाएर राखेका भारी मात्रामा मदिरा बरामद गरेका थिए ।

मदिरा संगै नियन्त्रणमा लिईएको चालक र गाडी भने मंगलवार छोडिएको छ । ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक रामराजा केशरीका अनुसार मदिरा खरिदगरेको भ्याट बिल र गाडीको कागजात दिएपछि चालक र ब्यापारीलाई छोडिएको हो । उनले भने ‘नम्बर प्लेट नभएको गाडीको जरिवाना तिरेर ल्याएपछि हामीले गाडी छोडनु पर्यो ।’ प्र.नि. केशरी ले थप्दै भने  ‘मदिरा ती ब्यापारीले स्टोर गर्ने हिसाबले लगेको प्रमाणित भयो तस्करी गर्नलाई होईन किनकि उनले आफ्नो पसलको कागजात समेत देखाए ।’ उनको अनुसार मदिरामा जम्मा १० कार्टुन कस्तुरी र १ कार्टुन गोल्डेन ओके रहेको थियो ।

गाडी नियन्त्रणमा लिएको १२ घण्टा पछि भ्याट बिल पेश हुनु, बिना नम्बर प्लेटको गाडी को चलान काटिनु, चेतावनी दिएर छोडेको कुरा प्रहरीबाट आउनु आदिले स्थानियवासी प्रहरीको काम गर्ने शैली प्रति सशंकित छन । चन्हीका केही युवाले राजनैतिक पहुँचको अधारमा ट्रयाक्टर सहित सामान छुटेको दावी समेत गर्छन । स्थानीय एक युवा पुस्पराज भने अलमलमा परेका छन । उनी समाजिक संजालमा लेख्छन ‘नेपाल कमजोर कि नेपालको प्रशासन ? दुई दिन चौकी अगाडी थन्केको गाडी भन्सार गयो कि गाडी धनी को घरतिर बुझ्नै सकिएन ।’ लकडाउनको बेला मदिरा ओसारपसार तथा खरिदबिक्री बन्देज रहेतापनी बलानबिहुल गाउँपालिकामा भने यसलाई सहजरुपमा लिईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]